यी कलाकार आउदै छन् २६ जनवरीमा दिल्ली !आउने हैन त तपाइँ ? - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

यी कलाकार आउदै छन् २६ जनवरीमा दिल्ली !आउने हैन त तपाइँ ?



नेपाली कला संस्कृतिको जगेर्ना गर्ने हेतुले हरेक अङ्ग्रेजी वर्ष एवंम भारतीय गणतन्त्र दिवसको उपलक्ष्यमा भारतमा रहेका कुनै न कुनै नेपाली सङ्घ सस्थाले सांस्कृतिक कार्यक्रम गर्दै आएका छन्। सोही क्रममा भारतको नयाँ दिल्ली स्थीत  जनवरी २६ तरिकाका दिन’नेपाली कला सस्कृतिको जगेर्ना ,उत्थान र विकास गरौँ’ भन्ने मुलनाराका साथ देउराली सांस्कृतिक मञ्चद्वारा इण्डो नेपाल मैत्री महोत्सव-२०१८ गरिने भएको छ ।

प्रवासमा रहेपनि आफ्नो देशको कला ,संस्कृति ,परम्परा र भेषभुषा विभिन्न समयमा विभिन्न सङ्घ सस्थाद्वारा निरन्तरता दिँदै आएका छन् ।

नेपाल देखि ख्यातिप्राप्त कलाकार बद्रि पंगेनी ,सम्झना भण्डारी ,नारायण बिपी परियार ,विष्णु श्रीपालि ,राम गहतराज ,सुबोध पोख्रेल ,पदम सङ्गीत क्षत्री र अन्य स्थानीय कलाकारको पनि प्रस्तुति रहने आयोजले बताएका छन् ।

कार्यक्रम एन्ड्रयुगंजको सामुदायिक भवन (मुलचंद मेट्रोको नजिकै) बिहान ११ बजे देखि हुने छ।

सोहि कार्यक्रममा बिगत लामो समय देखि नेपाल भारत सेवा दिदै आएको सुपा देवी देउराली टुर एण्ड ट्रावल्सले आफ्ना नयाँ बातानुकुलित (एसी) गाडीहरु पनि संचालन गर्ने बताएको छ ।