यी हुन् दुनियाँका सबैभन्दा बढी कमाउने अभिनेताहरू ! - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

यी हुन् दुनियाँका सबैभन्दा बढी कमाउने अभिनेताहरू !



काठमाडौँ – बिजनेस फोर्ब्सले दुनियाका सबैभन्दा बढी कमाउने अभिनेताहरुको सुची निकालेको छ | जसमा भारतीय सुपरस्टार अभिनेता शाहरुख खान यो बर्षमा सबैभन्दा बढी कमाउने टप-१० अभिनेताहरुको लिस्टमै आएनन् | साथै भारतीय अर्का सुपरस्टार सलमान खान र अक्षय कुमार मा पनि गत बर्ष सलमान खान थिए तर यस पटक भने उनीभन्दा पनि अक्षय कुमारको नाम पहिला नै आएको छ |

यी दुई भारतीय अभिनेताहरुका फिल्महरु लगभग जुन महिना तिरै रिलिजमा आएका थिए | २०१७ जुन देखि २०१८ जुनसम्म अक्षय कुमारले २ वटा फिल्महरु निकालेका थिए भने सलमानले पनि यति नै निकालेका थिए | जसमा अक्षयको ‘ट्वाईलेट एक प्रेम कथा’ र ‘प्याडम्यान’ थिए साथै दुवै फिल्मले वर्ल्डवाइड बक्सअफिसमा क्रमसः ३१६ करोड र १२० करोड कमाएका थिए |

त्यस्तै सलमानको ‘ट्यूबलाइट’ र ‘टाईगर जिन्दा हे’ रिलिज भएका थिए जसको वर्ल्डवाइड बक्सअफिसमा २३२ करोड र ५६२ करोड कमाएता पनि सलमानले भने दुवै फिल्मबाट 70 करोड भन्दा केहि बढी रकम पाएका थिए | टप-१० को सुचिमा कोको छन् त हेरौ :

1. जर्ज क्लूनी -$23 9 मिलियन (करीब 1674 करोड )

2. ड्वेन ‘द रॉक’ जॉनसन-$124 मिलियन (करीब 869 करोड )

3. रोबर्ट डाउनी जुनियर -$81 मिलियन (करीब 568 करोड)

4. क्रिस हेम्सवर्थ -$64.5 मिलियन (करीब 452 करोड़)

5. जैकी चैन -$45.5 मिलियन (करीब 319 करोड )

6. विल स्मिथ -$42 मिलियन (करीब 295 करोड )

7. अक्षय कुमार -$40.5 मिलियन (करीब 284 करोड)

8. एडम स्यान्डलर -$39.5 मिलियन (करीब 277 करोड)

9. सलमान खान -$38.5 मिलियन (करीब 270 करोड)

10. क्रिस इवांस -$34 मिलियन (करीब 239 करोड),