यस्तो छ वाईसीएलको सम्भावित नेतृत्व - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

यस्तो छ वाईसीएलको सम्भावित नेतृत्व



काठमाडौं,साउन १७  ।

सत्तारुढ नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको राष्ट्रिय सम्मेलन आगामी २ र ३ भदौमा काठमाडौंमा हुँदैछ । निष्क्रिय जस्तै रहेको वाईसीएललाई सशक्त र सक्रिय बनाउने पार्टी सचिवालय बैठकको निर्णयअनुसार पार्टीले समेत वाईसीएलको सम्मेलनलाई महत्व दिएको पाइएको छ ।

आजको राजधानी दैनिकमा खबर छ– वाईसीएलले राष्ट्रिय सम्मेलनमार्फत १ सय ५१ सदस्यीय कार्यसमिति तथा १५ सदस्यीय पदाधिकारी चयन गेर केन्द्र तथा पार्टीको अन्य सहायक तथा भातृसंगठनलाई चुस्त दुरुस्त संगठन गर्न सबक सिकाइने वाईसीएलका नेता बताउँछन् ।

वाईसीएलले नेतृत्व चयनमा छुट्टै विधि तय गरेको छ । जसअन्तर्गत ४० वर्षमाथिकालार्य उमेर हदबन्दी लाग्ने भएको छ । पार्टीमा अन्य कुनै जिम्मेवारीमा कार्यकारी भूमिका निभाएकाले पनि वाईसीएलमा कार्यकारी पदमा उम्मेद्वारी दिन पाउनेछैनन् ।

उमेर हदका कारण आयोजक समिति संयोजक निबबहादुर कुँवरले सम्मेलनबाट नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पदै बिदा हुनेछन् ।

वाईसीएलको नेतृत्वमा अहिले तीन जनाले आकांक्षा देखाएका छन् । जसमा संगठन विभाग प्रमुख रामप्रसाद सापकोटा, पूर्ववरिष्ठ उपाध्यक्ष लक्ष्मी चौलागाईं र पूर्वउपाध्यक्ष युवराज दुलाल आकांक्षी देखिएका छन् । तर अहिलेसम्म कसैले पनि सार्वजनिक रुपमा उम्मेद्वारी घोषणा गरेका छैनन् ।

वाईसीएलको महासचिव पदमा भने प्रतिस्पर्धाको सम्भावना बढी छ । पूर्वसचिव नरेन्द्र पाण्डे, निर्मल जिसी, पूर्वकोषाध्यक्ष सुबोधराज शेर्पाली, सुमन देवकोटा, नेकपा क्रान्तिकारी माओवादीबाट एकता प्रक्रियाबाट आएका दीपक देवकोटाले पनि महासचिव पदका लागि आकांक्षा देखाएका छन् ।

वाईसीएलले निर्वाचन कार्यविधिमा प्रत्यक्ष निर्वाचन प्रणालीको व्यवस्था गरे पनि प्यानल बनाएर प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने वा सहमतिबाट भन्ने विषय भने टुंगिएको छैन ।