यस्तो छ आजको राशिफल ! - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

यस्तो छ आजको राशिफल !



माघ १८ गते बिहिबार, फाल्गुन कृष्ण प्रतिपदा, अश्लेषा नक्षत्र, सौभाग्ययोग, कर्कमा चन्द्रमा

मेषः दिन प्रतिकूल छ । कामप्रति जोश, जाँगर हराउनसक्छ । मनमा दुविधा बढ्नेछ । नियमित कामलाई निरन्तरता दिनु बेस हुनेछ ।

वृषः दिन उत्तम छ । जागिरको अवसर मिल्नेछ । बौद्धिक तथा सिर्जनात्मक कार्यप्रति रूचि बढ्नेछ । दीर्घकालीन काम बन्नेछ । सामाजिक दायित्व थपिनेछ ।

मिथुनः दिन खासै उल्लेखनीय छैन । बोलीवचनमा विशेष सावधानी अपनाउनुपर्नेछ । धनमाल हराउनसक्छ । महत्वपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ ।

कर्कटः दिन भागेदयकारक छ । कार्यप्रतिमा तीव्रता आउनेछ । लेखन तथा प्रकाशन सम्बन्धी काम हुनेछ । निर्णय क्षमताको विकास हुनेछ ।

सिंहः दिन त्यति भरपर्दो छैन । आँटेको काममा ढिलाइ हुनेछ । छिमेकीसँग मनमुटाव हुनसक्छ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।

कन्याः दिन अनुकूल छ । कार्य सम्पादनमा गति थपिनेछ । आम्दानीका विभिन्न बाटाहरू खुल्नेछन् । निर्णय क्षमता बढ्नेछ । मन प्रसन्न हुनेछ ।

तुलाः दिन सार्थक छ । मुख्य काममा सफलता मिल्नेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । उत्कृष्ट मान सम्मान मिल्नेछ ।

वृश्चिकः दिन मध्यम छ । धर्मकर्मका क्षेत्रमा रूचि कम हुनेछ । कडा प्रतिस्पर्धा गरिनेछ । ठूलो योजनाको काम नगर्नु बेस हुनेछ । स्वास्थ्यप्रति पनि निकै सावधान रहनुपर्नेछ ।

धनुः दिन प्रतिकूल छ । हरेक काममा सावधानीको आवश्यकता महसुस हुनेछ । काममा ढिलासुस्ती रहनेछ । नियमित कामलाई निरन्तरता दिनु उचित रहनेछ ।

मकरः दिन अत्युत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । पारवहन सम्बन्धी काम बन्नेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ ।

कुम्भः दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । आँटे ताकेको काम बन्नेछ । कार्य प्रगतिमा तीव्रता आउनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

मीनः दिन मध्यम खालको छ । मनमा चिन्ता बढ्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै उपयुक्त हुनेछ । धैर्य गर्नु बेस हुनेछ । नियमित कामलाई निरन्तरता दिनुपर्नेछ ।