यस्तो अवस्थामा ल्याइयो हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाको शव - Himal Post Himal Post
  • १६ माघ २०८१, बुधबार
  •      Wed Jan 29 2025
Logo

यस्तो अवस्थामा ल्याइयो हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाको शव



काठमाडौं– अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइएको छ । शनिबार दिउँसो नुवाकोटमा हेलिकप्टर दुर्घटना हुँदा मृत्यु भएका ६ जनको शव आइतबार बिहान काठमाडौं ल्याइएको हो ।

चारवटा हेलिकप्टरमाफर्त शव ल्याइएको छ । गोरखाको सामागाउँबाट शनिबार बिहान पाइलटसहित ६ नेपाली र एक जापानी नागरिक लिएर उडेको हेलिकप्टर शनिबार दिउँसो नुवाकोटको मेघाङ गाउँपालिका १ बर्सुङचेतको मैलुङपाखाको घना जंगलमा दिउँसो खसेको थियो ।

दुर्घटनामा मृत्यु भएका जापानी नागरिक रोमी कामात्सु, नेपाली नगरिकहरू रामेछापका दिल्लीबहादुर गुरुङ दोलखाका हीरा शेर्पा, गोरखा चुमनब्रीका छोवाङ नुर्बु, सुनिल तामाङ र पाइलट निश्चल केसीको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थल विकट भएकाले सुरक्षाकर्मीले रातभर बोकेर शव आइतबार बिहान नुवाकोटको त्रिशुली अस्पताल ल्याएका थिए । त्यहाँबाट हेलिकप्टमार्फत शव काठमाण्डुको टिचिङ अस्पताल ल्याइएको हो ।

दुर्घटनामा बाँच्न सफल एक मात्र यात्रु आनी डोल्मा डिकीको उपचार काठमाण्डुको मेडिसिटी अस्पतालमा भइरहेको छ ।