यसपटक कर्मचारीको तलब नबढ्ने - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

यसपटक कर्मचारीको तलब नबढ्ने



काठमाडौं । अर्थमन्त्री डा. यूवराज खतिवडाले आगामी आर्थिक बर्ष निजामति कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका छन् ।

तलब बढाउन माग राख्दै बुधबार अर्थ मन्त्रालय पुगेका निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका प्रतिनिधिलाई उनले आगामी आर्थिक बर्षको बजेटमा कर्मचारीको तलब नबढ्ने जवाफ दिएका हुन् ।
कर्मचारी युनियनले मुख्यसचिवको डेढ लाख र कार्यालय सहयोगीको ३० हजार रुपैयाँ तलब बनाउन माग गरेको छ ।
उक्त अवसरमा युनियनले आफ्नो १८ बुँदै माग राखेको आजको कारोबारले समाचार छापेको छ ।