यस कारण हित बहादुर तामाङलाई भोट दिन्न।
कर्ण बहादुर अधिकारी।
नुवाकोटमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको पूर्व सन्ध्यामा नुवाकोट बासी जनताले हित बहादुर तामाङलाई भन्दा डा. महतलाई नै रोज्ने कुराको जानकारी हामीलाई छ।विकासको संबाहक डा. महत हुन भने बिनासको संबाहक हित बहादुर तामाङ् हुन।जनता बिनास भन्दा विकास रोज्छन भन्नेमा दुई मत नै छैन।जति पनि विकास भए नुवाकोटमा ती सबैको सेतु नै डा.महत हुन।डा. महतका बारेमा विभिन्न सामाजिक सञ्जालहरूमा नराम्रा किसिमले बदनाम गराउन माओवादी केन्द्रको राशन पानी खाएर चल्दै आएको अन लाइन त्रिशुली खबरले भ्रामक समचार संप्रेशण गरी रहेको छ।त्यस प्रति म घोर भत्सर्ना गर्दछु।
नुवाकोटका जनताले यी विविध कारणले गर्दा हित बहादुर तामाङलाई भोट नहाल्ने पक्का भएको छ।नेकपा एमाले सँगै पार्टी एकता गर्ने सोच नै माओवादीमा थियो भने किन जनयुद्धका नाममा सोझा सिधा जनतालाई बलिको बोका बनाएर १७ हजार भन्दा बढीलाई मार्ने मराउने काम गरियो भने किन हजारौँ महिला दिदिबहिनीहरूको सिन्दूर पुछियो भन्ने प्रश्नको सम्पूर्ण जिम्मेवारीको भागिदार हित बहादुर पनि हुन।यिनकै आदेशमा नै व्यक्ति मार्ने मराउने काम गरिएको थियो।२०५२ साल देखि २०६२/६३ सम्म हित बहादुर तामाङले अनुसरण गरेको जनयुद्धले तत्कालीन श्री ५ को सरकारले ल्याएको बजेटलाई लागु गर्न नदिई देशको विकासलाई ५० वर्ष पछाडि धकेल्नेको एक प्रमुख पात्र हुन हित बहादुर ।
जनयुद्धको नाममा किन सरकारी तथा निजी भौतिक संरचना ध्वस्त गराईएको कारण पनि यिनलाई भोट दिदैनन।नुवाकोट जिल्ला क्षेत्र नं १ अन्तर्गत सुर्यगढी गाउँ पालिका र लिखु गाउँ पालिकाका नागरिकहरू चाहे त्यो माओवादी होस वा सरकारी र सर्वसाधरण जनता किन नहोस् यी व्यक्तिहरू उत्तम अधिकारी,गोपाल अधिकारी,बद्री ढकाल ,नवराज ढुंगाना,विष्णु प्रसाद अधिकारी लगाएतका व्यक्तिहरूलाई चरम यातना दिई किन मृत्यु दण्ड दिईयो।आजको दिन सम्म पनि मृतक विष्णु प्रसादका परिवारले सब पाएका छैनन् यस घटनाको एक महत्त्व पूर्ण पात्र हुन हित बहादुर ।
२०६४ सालको संविधान सभा चुनावमा नुवाकोट क्षेत्र नं २ बाट तपाईँ प्रति निधि सभाको उमेदवार थिए।यिनकै पार्टीको बहुमत पनि आयो तर सरकार यिनकै पार्टीको मातहातमा रहदा पनि झिंगाको टाउँको जतिको पनि विकास नुवाकोटमा गर्न सकेनन् हित बहादुरले डा.रामशरण महतको पालामा निर्माण भएका भौतिक संरचनाहरूको पूर्ण रूपमा ज्ञान हुँदा हुँदै पनि नुवाकोट बासी जनताको आखाँमा छारो हाल्ने काम गर्दै छन् हित बहादुर।
विद्यालय,स्वास्थ्य चौकी,बिजुली बत्ती,खाने पानी,सिचाई र सडक निर्माण नुवाकोटमा माओवादीले नगरेको हुनाले जनताको भोट काँग्रेसलाई जाने छ।नुवाकोटका युवाहरूलाई विदेश पलायन गराउने प्रमुख योजनाकार हित बहादुर हुँदा पनि दोष चाहिँ काँग्रेस र डा.महतलाई लगाउने पनि जनताले यिनलाई भोट दिदैनन।विगतका वर्षहरू देखि नै ककनी आसपासका क्षेत्रहरूमा स्टवेरी खेती र ट्राउट माछा पालन भई रहेको र त्यस क्षेत्रका उद्धमीहरू सन्तुष्ट नै भई रहेको अवस्थामा कृषि क्रान्तिको नारा दिएर भाषण छाटि रहनुको कुनै अर्थ नै छैन।कृषि क्रान्ति नै गर्ने भए जन क्रान्ति किन गर्यौ कमरेड भन्दा यिनमा उत्तर दिने साहस नै छैन।
नुवाकोटका सबै जात जातिका भाइ बहिनीहरूले कलम समातेर पढ्नु पर्ने अवस्थामा जनक्रान्ति र जनयुद्धको नाम दिएर ती कलिला भाइ बहिनीहरूको कलम कापी समाउने हातमा बम बारूद र बन्दुक समाउन दिए जसको परिणाम आज ती विगतमा जनयुद्धमा होमिएका भाइ बहिनीहरू ३०/३५ वर्षको उमेरमा कम शिक्षा कै कारण खाडी मुलुकमा विदेशीको गुलामी बन्नु परेको छ यी अवस्थाको दोषी नै हित बहादुर हुन।