यशु ,बर्षा र अन्जुको तीज गीत 'बजाएर चुरा' सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

यशु ,बर्षा र अन्जुको तीज गीत ‘बजाएर चुरा’ सार्वजनिक (भिडियो सहित)



काठमाडौं:अहिलेका नयाँ पुस्ताका लागि नौलो बनेपनि नेपाली चलचित्र क्षेत्र र पुराना दर्शकले बिर्षनै नसकेको नाम र अनुहार हो नायिका बर्षा खड्का । पाकेटमार, दाजुभाई , आमाको माया, आन्दोलन, खेलौना लगायतका चलचित्रमा अभिनय गरेकी नायिका खड्का १५ बर्ष पछि तिज गीत ‘बजाएर चुरा’ मार्फत फेरी कलाकारितामा फर्केकी छन् । हाल हलयाण्डमा रहंदै आएकी नायिका खड्का अभिनित यस तिज गीत आईतबार राजधानिको द वल्र्ड क्याफेमा एक कार्यक्रमकाबिच सार्वजनिक गरिएको छ ।

त्यस्तै प्रवासमा रहेर पनि नेपाल र नेपाली संगीतलाई असाध्यै माया गर्दै आएकी गीतकार हुन् यशु थापा । हाल बेल्जियमा रहेकी गीतकार थापा आधुनिक र गजल हुँदै तिज गीतमा भेटिएकी छन् यो बर्ष । सामाजिक क्षेत्रमा समेत सक्रिय थापाले गत साल आधुनिक गीति एल्वम ‘गीताञ्जली’ सार्वजनिक गरेकी थिईन् भने उनका शब्दमा पछिल्लो समय बिभिन्न गायक गायिकाले आवाज भरिरहेका छन् । पछिल्लो गीत ‘बजाएर चुरा’मा गीतकार थापाको समेत नृत्य समावेश छ ।

सार्वजनिक तिज गीत ‘बजाएर चुरा’ले नेपाली नारीहरुको तिज प्रतिको महत्वलाई झल्काएको छ । नारी मनमा भेटिने आमा बाबाको सम्झना, जीवनसाथीको माया, साथी संगीको साथ गलायतका कुरा समेटिएको यो गीतका संगीतकार हुन् राज सागर । जो आधुनिक र गजल बिद्याका लोकप्रिय गायक संगीतकार मानिन्छन् भने चलचित्र संगै बिगत ४ बर्ष देखी तिज गीतमा पनि निरन्तर देखिएका छन् ।

बजाएर चुरा गीतले जोडेको अर्को नाम हो गायिका अन्जु श्रेष्ठ । कलानिधी संगीत महाबिद्यालयबाट शास्त्रिय संगीतमा डिप्लोमा गरेकी गायिका श्रेष्ठ पछिल्लो समय सबै प्रकारका गीतमा सक्रिय गायिका हुन् । रातो साडी, खोजिरहेछु, भेलवेटको चोली, ढाकाटोपी, रंगीयो तिजले लगायतका गीतहरु मार्फत स्रोत दर्शकमाझ प्रिय बनेकी गयिका श्रेष्ठ अभिनय र नृत्यमा समेत अब्बल भएपनि उनको रुचि मोडलिङमा भन्दा गायनमा नै भएकाले श्रेष्ठले आफ्ना गीतहरुमा मात्र अभिनय गर्दै आएकी छन् । ‘बजाएर चुरा’मा पनि उनको नृत्य देख्न पाएका छन् दर्शकले । यो गीतमा अन्जु श्रेष्ठसंगै अर्की गायिका दिपा लामाको पनि स्वर रहेको छ ।

गीतकार, गायिका र नायिकाको नृत्य संगै देख्न पाईने बजाएर चुराको भिडियोलाई प्रदिप श्रेष्ठको निर्देशनमा बुढा सुब्वा म्यूजिक प्रालिको युटुव च्यानल मार्फत सार्वजनिक भएको हो । जसमा लुजव सिंहको छायांकन, द्वारिका अधिकारीको कोरियोग्राफी र विष्णु हरी तिमिल्सिनाको सम्पादन रहेको छ ।

https://youtu.be/RG_XUP8Yb2A