यस कारण गाँजाले मानिस हँसाउने–रुवाउने गर्छ ! - Himal Post Himal Post
  • १९ पुष २०८१, शुक्रबार
  •      Fri Jan 3 2025
Logo

यस कारण गाँजाले मानिस हँसाउने–रुवाउने गर्छ !



मान्छेको दिमागमा दुई किसिमका रासायनिक तत्व हुन्छ । एउटा दिमागलाई स्टिमुलेन्ट (उत्तेजित) गर्ने र अर्को डिप्रिसेन्ट (शिथिल) गर्ने । हामीले खाने हरेक चिज पहिले पेटमा पुग्छ र केही बेरपछि दिमागको सम्पर्कमा आउँछ ।

अनि दिमागको सम्पर्कमा आएको चिजअनुसार दिमागका दुई रासायनिक तत्वले प्रभाव उत्पन्न गर्छन् । भाङ खाँदा स्टिमुलेन्ट भएर आउँछ, मै हुँ भन्ने भाव पैदा गराउँछ । थ्रेसहोल्ड कम भयो र स्टिमुलेन्ट बढी भयो भने मानिस उत्तेजित हुन्छ । त्यसैगरी डिप्रिसेन्ट बढी भयो भने मानिसलाई शिथिल बनाउँछ ।

मस्तिष्कमा क्यानाविनोइड भन्ने रासायन पनि हुन्छ । गाँजामा पनि ६० भन्दा धेरै प्रकारका अलग–अलग क्यानाविनोइड मस्तिष्कमा पुग्छन् । गाँजा सेवन गरेपछि ती क्यानाविनोइड मस्तिष्कमा पुग्छन् । गाँजाका धेरै रसायनमध्ये टेट्राहाइड्रोक्यानाविनोल (टिएचसी) को भूमिका हँसाउन र रुवाउनेमा बढी हुन्छ । यो रसायनले मस्तिष्कको बाहिरी वातावरणसँगको प्रभाव कम गराएर आफ्नो प्रभाव मस्तिष्कमा हावी गराउँछ ।

यस्तो वेला मान्छे जुन मुडमा छ, त्यही मुडमा निरन्तर भइरहन्छ । जस्तैः हाँस्यो भने हाँसेको हाँस्यै गर्ने, रोयो भने रोएको रोयै गर्ने आदि । क्यानाविनोइडले मस्तिष्कको आनन्दको केन्द्र डोपामाइन प्रक्रियालाई पनि प्रभावमा पार्छ र आनन्दको भाव जगाउँछ ।

गाँजा, भाङ, धतुरो तीनै चिज सेवन गरेको सुरुवती समयमा आनन्द पैदा गर्छन् । केही वेरपछि फरक–फरक असर देखाउन थाल्छन् । त्यसैले यस्ता लागुऔषधको निरन्तर प्रयोग नसाका लागि निकै हानिकारक हुन्छ ।

एजेन्सीको सहयोगबाट