यसपालीको तीजमा छमछमी नचाउदै गायक ज्ञानेन्द्र । - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

यसपालीको तीजमा छमछमी नचाउदै गायक ज्ञानेन्द्र ।



दीपक घिमिरे

२०५६ साल देखि साङ्गीतिक क्षेत्रमा चिनिदै आएका एक दङाली युवा को नाम हो ज्ञानेन्द्र स्वर्णकार । बाल कलाकारको रूपमा रेडियो नेपालले आयोजना गरेक बाल गीत महोत्सवबाट आफ्नो गायन यात्रा सुरु गरेका ज्ञानेन्द्र दङ्गाली साङ्गीतिक क्षेत्रमा ओझेलमा परेका गायको रूपमा चिनिन्छन ।

साठी सालतिर लोकदोहरी गायनमा निक्कै रुचाइएका गायक ज्ञानेन्द्र आर्थिक अवस्थाका कारण दुईचार वर्ष ओझेलमा पर्नु परेको बताउछन । “ त्यति बेला आर्थिक अवस्था राम्रो नहुदा चाहेर पनि यो क्षेत्रमा जमेर लाग्न सकियन । अब निरन्तरता दिने सोचमा छु । “ गायक ज्ञानेन्द्रले बताए ।

२०५७ साल तिर प्रख्यात गायिका लोचन भट्टराई सङ्ग आँखा मेरा आशुका सागर बोलको गीत रेकर्ड गरायर सानै उमेरमा साङ्गीतिक क्षेत्रमा होमिएका ज्ञानेन्द्रका करिब करिब एक दर्जन भन्दा माथि गीत चर्चा कमाउन सफल भएका गीतमा गनिन्छन ।जुनसुकै विधामा पनि गाउन सक्ने खुबी भएका ज्ञानेन्द्र नेपाली साङ्गीतिक क्षेत्रमा दर्शक र श्रोताको माग बमोजिम आफूले गाउन सक्नु नै आफ्नो खुबी भएको स्विकार्दछन । “ लोकदोहरी मात्र होइन , मैले आधुनिक विधामा पनि गीत गाएको छु । म लोक गायक मात्र होइन नेपाली गायक बन्न चाहन्छु । “ ज्ञानेन्द्रले बताए ।

२०६० सालमा कोमल बलि सङ्ग गायक्क दुख पाईयाछ , मलाई घर धान्ने केटी चाईयाछ बोलको गीतबाट लोक दोहरी क्षेत्रमा निक्कै चर्चा बटुल्न सफल गीतले ज्ञानेन्द्रलाई धेरै उचाइमा पुर्‍याएको उनी आफै बताउछन । “दङाली गायिका कोमल बलि दिदी सङ्ग गायको गीतले देशव्यापी रूपमा चर्चा कमाउदा त्यो समय ज्यादै खुसी थिए । अझै पनि मलाई त्यो गीत बाटै चिन्ने धेरै छन् ! “ गायक ज्ञानेन्द्रले बताए ।
अर्कि दङ्गाली गायिका सिन्धु मल्ल सङ्ग गायको बुलबुले तालैमाले पनि त्यो समय निक्कै चर्चा कमाएको थियो ।

लोकदोहरी गायन र लय तथा शब्द सङ्कलनमा आफ्नो बलियो पकड बनाईसकेका गायक ज्ञानेन्द्रले आधुनिक गायन र शब्दमा पनि आफूलाई साङ्गीतिक बजारमा चिनाउन सफल भएका छन् ।

हासिबोले माया भन्छन् , झर्की बोले रिसानी बोलको गीत रचना अनि सङ्गीत भरेर आधुनिक विधामा नाम कमाएका ज्ञानेन्द्रको शब्द रचना अनि सङ्गीतमा राष्ट्रिय कलाकारको पनि स्वर रहेको छ ।

दङ्गाली कलाकार गोविन्द मधुर आचार्यले स्वर दिएको दुनियाको कुरा सुन्यौ , नयाँ नयाँ जाल बुन्यौ बोलको गीतले तीन वर्ष अघि व्यापक चर्चा कमाएको थियो । आधुनिक विधामै ज्ञानेन्द्रले गायको आगो आगो बोलको गीतले ७३ सालको सुरुवातिमै धमाका मच्याउन सफल मानिन्छ ।
लोकदोहरी , आधुनिक विधामा सफल गायक ज्ञानेन्द्रले यो वर्षको तिजमा दाङ लगायत पश्चिम नेपाल लाई नचाउने उद्देश्यले एक तिज गीत बजारमा ल्याएका छन् ।

गायीका तारा गुरुङ साथमा ज्ञानेन्द्र आफैले गायको रातोसारी फरर , भुईमा लरर बोलको गीतले पश्चिम नेपाल लाई नचाउने उनको दाबी छ । दङाली गायक गायिका लगायत मोडलहरुपनी दाङ कै स्थानीय ले गर्दा पश्चिम नेपालका गाउँ अनि बजार रातो सारी फरर…..ले तताईसकेको गायक ज्ञानेन्द्रले बताए ।

” मौलिक शब्द अनि उत्कृष्ट लयमा भएको यो गीतले यो पटकको तिजलाई अझ धेरै रौनकता थपिदिने आशा लिएको छु । ” ज्ञानेन्द्रले बताए ।