यौनशक्ति बढाउने अण्डरवेयर - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

यौनशक्ति बढाउने अण्डरवेयर



बजारमा यौनशक्ति बढाउनका लागि भनेर विभिन्न प्रकारका औषधि उपलब्ध रहेका छन् । यसका अतिरिक्त कतिपय मानिस विभिन्न प्रकारका फिजियोथेरापी या व्यायामका मद्दतले पनि यौनशक्ति बढ्ने विश्वास गर्दछन् । तर यति हुँदाहुँदै पनि कतिपय व्यक्तिहरूमा विभिन्न कारणले गर्दा नपुंशकता हुने गर्दछ ।

तर अब भने नपुंशकता भएकाहरूको चिन्ता समाप्त होला जस्तो छ । वैज्ञानिकहरूले लामो अनुसन्धानपछी वायरलेस आर्मर नाम गरेको विशेष अण्डरवेयर बनाएका छन् जसले पुरुषहरूको यौनशक्तिमा वृद्धि गर्नेछ ।

वैज्ञानिकहरूले गरेको शोध अनुसार अत्यधिक मोबाइल तथा ल्यापटपको प्रयोगले ती उपकरणहरूबाट उत्सर्जित हुने ऊष्मा र विकिरणयुक्त तरङ्गहरूले शुक्रकीटहरूमा नकारात्मक प्रभाव पार्ने गर्दछ। यसको परिणामस्वरूप बिस्तारै बिस्तारै नपुंशकता आउन सक्छ । वायरलेस आर्मरमा यस्तै विकिरणहरूबाट बच्ने प्रविधि राखिएको छ ।

वायरलेस आर्मर नामक यस परिधानको निर्माणमा सुती धागोको साथै चाँदीको तारको पयोग गरिएको छ । यसले मोबाइल तथा ल्यापटपबाट उत्सर्जन हुने विकिरणलाई शरीरसम्म पुग्नबाट रोक्ने गर्दछ । र सम्भाव्य नपुंशकताबाट बचाउँदछ ।