उपसभामुखका पिएले महिला प्रहरीसँग यौन प्रस्ताव राखेपछी…
काठमाडौं -उपसभामुखका पिएले महिला प्रहरीसँग यौन प्रस्ताव राखेको कुरा यतिखेर सर्वत्र भाइरल बनेको छ ।
एक प्रहरी जवानसमक्ष यौन सम्पर्कको प्रस्ताव राख्ने सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला जोशीका पिए हरिश भट्टलाई यसै कारणले हटाइएको छ ।
‘कम्युनिष्ट नेता यसरी कुहिँदा’ भन्ने समाचार जनआस्थाले गत साता छापेपछि यस्तो यस्तो निर्णय भएको बताइएको छ ।
जनआस्थाका अनुसार उनको फेसबुक म्यासेज अहिले धनगढी र काठमाडौंका धेरै पत्रकारको मोबाइलमा पुगेको छ । प्रकाशित समाचारका आधारमा जोशीले गत शुक्रबार हटाएकी हुन् ।