२०७५ चैत्र ७, बिहिबार

यौन प्रस्ताव अस्वीकार गर्दा सेनाका जवानले युवतीको हत्या गरे

July 3, 2018
9048 Views
Spread the love
  • 7.3K
    Shares

काठमाडौं। यौन प्रस्ताव अस्वीकार गर्दा नेपाली सेनाका जवानले युवतीको हत्या गरेका छन्। काठमाडौंको महाराजगन्जस्थित भैरवनाथ गणमा कार्यरत नेपाली सेनाका जवान लालबहादुर ढुंगेलले जेठ ११ गते सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ खुर्कोटको सुनकोसी किनारमा एक २४ वर्षीया युवतीको हत्या गरेको सिन्धुली प्रहरीले जनाएको हो।

जेठ ११ गते रामेछापको मन्थली नगरपालिका–७ की २४ वर्षीय वसुन्धरा खड्काको शव हत्या गरेको अवस्थामा सुनकोसी किनारमा प्रहरीले फेला पारेको थियो।

अनुसन्धान क्रममा भैरवनाथ गणमा कार्यरत दोलखा तामाकोसी–७ हावागैरीका ३६ वर्षीय लालबहादुर ढुंगेलले आफ्नो यौन प्रस्ताव नमानेपछि युवतीको हत्या स्वीकार गरेको सिन्धुलीका प्रहरी प्रमुख रामेश्वरप्रसाद यादवले बताए।

‘प्रहरीको विशेष अनुसन्धान टोलीले ढुंगेललाई भैरवनाथ दलबाटै पक्राउ गरेर ल्याएको थियो। अनुसन्धानका क्रममा ढुंगेलले आफूले यौन सम्पर्क गर्न प्रस्ताव राख्दा नमानेपछि ढुंगाले टाउकोमा हिर्काएर युवतीको हत्या गरेको स्विकारेका छन्,’ यादवले भने।

युवतीको हत्या गर्ने ढुंगेललाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गरी सार्वजनिकसमेत गरेको छ। युवतीको हत्यापछि युवतीको फोन, ह्यान्ड ब्याग, पर्स, सुनका गरगहनालगायत सामग्रीसहित फरार ढुंगेललाई प्रहरीले ती सामग्रीसहित सार्वजनिक गरेको थियो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ढुंगेललाई जेठ ३० गते पक्राउ गरेको थियो। अनुसन्धान क्रममा सोही सैनिक दलका जवान रामेछाप लिखु तामाकोसी–६ का सुरेश बुढाथोकी भने निर्दोष पाइएको एसपी यादवले बताए।

‘युवतीको टाउकोमा चोट लागेको र कालो रुमालले घाँटीमा बाँधेको, घटनास्थलमा रगत बगेको, नजिकैको ढुंगामा रगत लागेको अवस्थामा सुनकोसी किनारमा शव फेला पारेपछि अनुसन्धान क्रममा बुढाथोकीलाई नियन्त्रणमा लिइएको भए पनि उनी निर्दोष देखिएपछि उनलाई छाडिएको छ,’ उनले थपे।

युवतीको हत्या गरेर गहना, पैसा, पर्स र मोबाइलसमेत लुटेर लगेको अवस्थामा हत्यारा ढुंगेलले आफ्नो सबै मोबाइल अफ गरे पनि युवतीको फोन अफ नगरेको अवस्थामा उनको फोनको लोकेसनका आधारमा पक्राउ गर्न सकिएको यादवको भनाइ छ। अन्नपूर्णपोष्टबाट

Facebook Comments
  • 7.3K
    Shares

You may be interested

रवि लामिछाने समस्यामा : कस्तो कारवाही हुनसक्छ उनलाई ?
समाचार
0 shares37 views
समाचार
0 shares37 views

रवि लामिछाने समस्यामा : कस्तो कारवाही हुनसक्छ उनलाई ?

himal post - २०७५, ७ चैत्र २२:५०

काठमाडौं – चर्चा र विवादितमा रहने टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध ठगी मुद्दा दर्ता गर्ने तयारी भएसँगै उनलाई अर्को आपत…

प्रधानमन्त्री सवार जहाज काण्ड: क्यानलाई विभागीय कारबाही
राजनीति
0 shares6 views
राजनीति
0 shares6 views

प्रधानमन्त्री सवार जहाज काण्ड: क्यानलाई विभागीय कारबाही

himal post - २०७५, ७ चैत्र २२:३१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सवार जहाज आकासमा फन्को लगाउनु (होल्ड) भएको सम्बन्धमा छानबिन गर्न गठित समितिले नियामक निकाय…

भाजपाका उम्मेद्वारको सूची सार्वजनिक, को कहाँबाट लड्दैछन् ?
अन्तराष्ट्रिय
0 shares13 views
अन्तराष्ट्रिय
0 shares13 views

भाजपाका उम्मेद्वारको सूची सार्वजनिक, को कहाँबाट लड्दैछन् ?

himal post - २०७५, ७ चैत्र २१:५८

नयाँ दिल्ली । भारतीय जनता पार्टीले लोकसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारको पहिलो सूची जारी गरेको छ । बिहीबार अबेरराति भारतीय…