न्यायाधीश माथि लाग्यो यौन दुर्व्यवहारको आरोप
काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीश ब्रेट क्याभानो माथि यौन दुव्र्यवहारको आरोप लगाउने प्राध्यापकलाई न्यायाधीश विरुद्धको बयानका लागी निर्णय गर्न थप समय दिइएको छ ।
क्यालिफोर्नियाको एउटा विश्वविद्यालयकी प्राध्यापक ब्लाजे फोर्डले सन् १९८२ मा एउटा पार्टीमा आफूमाथि ब्रेट क्याभानोले यौन दुव्र्यवहार गरेको आरोप लागाएकी छन् । प्राध्यापक फोर्डले क्याभानोविरुद्ध लगाएको आरोप गतसाता अमेरिकी विभिन्न सञ्चारमाध्यमा आएको थियो । राष्ट्रपति डोनल्ड ट्रम्पकले सर्वोच्च अदालतको न्यायाधीशका लागि चयन गरेका क्याभानोविरुद्धको यौन दुव्र्यवहारको अभियोग गत साता सार्वजनिक भएको थियो ।
तर न्यायाधीशमा सिफारिस भएका क्याभानोले आफूमाथिको अभियोग गलत भएको दाबी गरेका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पसहित केही रिपब्लिकनहरूले भने यो अभियोग अहिले सार्वजनिक गरेर फोर्ड र कतिपय डेमोक्र्याट्सहरूले न्यायाधीश नियुक्तिको प्रक्रियालाई लम्ब्याउन खोजेको आरोप लगाएका छन् । यता प्राध्यापक फोर्डले आफु सुनुवाईका समयमा बयान दिन तयार रहेको बताएकी छन् ।