आफ्नै विद्यार्थीमाथि यौन दुर्ब्यवहार गरेको आरोपमा शिक्षक पक्राउ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

आफ्नै विद्यार्थीमाथि यौन दुर्ब्यवहार गरेको आरोपमा शिक्षक पक्राउ



मोरङ: विराटनगरमा एक शिक्षकलाई आफ्नै विद्यार्थीमाथि यौन दुर्ब्यवहार गरेको आरोप लागेको छ । विराटनगर १० संसारी माई स्थानमा रहेको एडुमार्क ईन्स्टिच्युटमा कार्यरत शिक्षकमाथि यौन दुर्ब्यवहारको आरोपमा पक्राउ परेका हुन् ।

सप्तरी राजविराज घर भएका २५ बर्षिय ज्ञानेन्द्र शरणलाई मोरङ प्रहरीले ईन्स्टिच्युटबाट नै पक्राउ गरेको हो । गत शनिबार ईन्स्टिच्युटले झापाको जामुनखाडीमा पिकनिक गएको बेला विद्यार्थीमाथि यौन दुर्ब्यवहार गरेको पीडितले आरोप लगाएका हुन् ।

मोरङको जहदा गाँउपालिका घर भएकी किशोरीमाथि यौन दुर्ब्यवहारमा साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । एडुमार्कमा पनि सामाजिक विषय नै पढाउदै आएका शिक्षकले ती छात्रालाई तिमी सामाजिक विषय कमजोर छौ मेरो घरमा आउ भन्दै साहले छात्रालाई बोलाएको आरोप छ ।

पीडित छात्राले आईतबार राती नै आफ्ना साथीहरुलाई आफू माथि भएको दुर्ब्यवहार बारे जानकारी गराएकी थिईन् । उनका साथीहरुले सोमबार बिहान शिक्षकलाई ईन्ष्टिच्युटमा नै कुटपिट गर्न थालेपछि असामान्य भएको थियो । मोरङ प्रहरीले तत्काल शरणलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यलयमा लगेको छ ।