काठमाडौं छाड्नेको बसपार्क र कलंकीमा भिड, यात्रुले सिट नै पाएनन् - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

काठमाडौं छाड्नेको बसपार्क र कलंकीमा भिड, यात्रुले सिट नै पाएनन्



काठमाडौं- सरकारले निषेधाज्ञाको घोषणा गरेपछि काठमाडौंबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ । नयाँ बसपार्क गोङ्गबु र कलंकीमामा मंगलबार बिहानैदेखि यात्रुहरूको भिड लागेको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउने निर्णय गरेपछि काठमाडौं उपत्यका छाड्नेहरूको भिड लागेको हो ।

प्रमुख जिल्ला अधिकारीहरूको निर्णय परिमार्जन गर्दै १५ दिन निषेधाज्ञा लगाउने सराकारले निर्णय गरेपछि उपत्यका छाड्ने सर्वसाधारणको संख्या झनै बढेको छ । अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात सोमबारको उक्त निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन्।

सोमबार साँझदेखि नै बसपार्क र कलंकीमा यात्रुहरूको भिड लागेको छ । यात्रुहरूको अत्यधिक भिडले संक्रमण झनै फैलने डर भने उत्तिकै छ ।

अत्यधिक भीडका कारण यात्रुले सिट पाएका छैनन् । कतिपय गाडीले क्षमताभन्दा बढी यात्रु राखेर गन्तब्य तर्फ लागेको बताइएको छ । लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन्।