यात्रामा देखिएको खुसी (संस्मरण) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

यात्रामा देखिएको खुसी (संस्मरण)



हरि थापा

केही समय अगाडी नेपाल लगायत अन्य केही आर्थिक रूपमा कमजोर भएका राष्ट्रहरु खुसी र सुखीको कोटामा परेको समाचार आयो। त्यसपछि आश्चर्य मान्दै अनलाइनको समाचार पढे साँच्चै त्यो समाचार कुनै अध्ययन कर्ताले अध्ययन गरेर लेखेको रहेछ।धेरै छापाहरू  पनि त्यो समाचार छापे जसमा फ्रन्ट कभर माग्दै गरेको नानी च्यापेर एउटी आमाले कोसीको किनारमा बालुवा निकाल्दै गरेको गिट्टी कुट्दै गरेको थियो।

कसरी सन्तुष्टि छन् कसरी खुसी छन् प्रश्न स्वस्फुर्त:उब्जने नै भयो।पढ्दै गए एउटा तथ्य भेटियो विशेष गरी पश्चिमामुलका मानिसहरू संसारमा जे जति टेक्नोलोजी छन् ती सबै प्रयोग गरिसक्दा पनि आर्थिक विकास शिखरमा पुग्दा समेत असन्तुष्टि र खुसी हुन नसक्दा उनीहरूको अध्ययन नेपाल जस्तो हरेक कोणबाट आर्थिक रूपमा पछोैटेपन प्रविधि मा निकै कमजोर भएर पनि कसरी खुसी हुन्छन् उनीहरूको अध्ययन यसैमा केन्द्रित रहेको थियो।

युरोप अमेरिका लगायत पश्चिमामुलुकका धनाद्धय व्यक्तिहरू पनि खुसीको खोजीमा हिँडिरहेका छन् जसको देशमा संसारमा भएका प्रविधि टेक्नोलोजी सबै प्रयोग भई सकेका छन् पृथ्वीमा भएका मात्र होइन मंगलग्रह चन्द्रमा सम्म पुगिसकेका छन्।एउटा बटन दबाउँदा संसार सिध्याउने एटम,हाइड्रोजन लगायतका मिसाइल निर्माण गर्ने देखि रकेट सजिलै उडाउने सम्मको सफलता हासिल गरेका कुनै पनि प्रविधि प्रयोगमा पछि नपरेका राष्टहरुको टार्गेट हामी जस्तो गरिब मुलुकमा पर्नु अनि आकर्षित हुनु साँच्चै चर्चाको विषय मात्र होइन एक वैज्ञानिक अध्ययन पनि हो।

हामी होलिडे मनाउन्न तिन जना पूर्व -पश्चिम र मध्यम अञ्चलका तिन युवाहरू घुम्न निस्कियोैँ।हामीलाई पनि खुसी हुनु थियो घुमफिरको नयाँ अनुभव लिनु थियो।हामी सिधै मनोरेल स्टेसनमा गयोैँ र मनोरेलको टिकट लियोैँ!केही मिनेटको पर्खाई पछि हामीलाई मनोरेलको स्टाफले आउनु भन्ने सङ्केत गर्नु भयो दुई तला माथि चढेपछि मनोरेल हाम्रो प्रतीक्षामा कुरिरहेको देख्योैँ।हामी सिटमा बस्योैँ ढोका अटो बन्द भयो मनोरेल गुड्न सुरु भयो ।

सुरुमा त डर  लाग्यो एउटा लिगको भरमा यत्रो हेभिरेल ! दृष्यलोभ लाग्दो थियो हर्नमा व्यस्त भयोैँ।नयाँ अनुभूतिको साथ हामीले एक फन्का सहर परिक्रमा गर्योैँ यात्रुहरूको भिड नै थियो।

जब हामीले मनोरेल गुडिरहेको अवस्थामा एउटा दृश्य त्यस्तै देख्योैँ मैले पढेको सुनेको कुरा र यो दृश्यको साँच्चै तालमेल मिल्यो। मैले झ्वाट्ट सम्झिए पश्चिमनमुलुकका मानिसहरू खुसी खोज्न हिँडिरहेका छन् ।वा नेपाल लगायत अन्य गरिवमुलुकहरुमा अध्ययन गरिरहेका छन्

दुई पटि घरहरू बिचमा मानव निर्मित नदी जसको पर्खालहरूमा फुलहरू मग मगाइरहेका छन् नदीको पानी धमिलो छ तर पनि गन्ध अाउदैन् सायद रसायनहरू हालेका होलान् नदीमा ढुङ्गाहरू को चहलपहल छ नजिकै डिलमा बसेर विदेशी खैरे पर्यटकहरू ह्विस्कीको मजा सँग त्यो दृश्य नियाली रहेका छन् खुसी भइरहेका छन्।

के यिनको देशमा त्यस्तो निला निला समुन्द्र छैनन् त?प्रश्न मडारिन थाल्छ?अनि सोच्छु फरक अनुभूति हो। हेर्दा पनि घिन लाग्दो फोहोर ढलहरू मिसिएको नदीको डिलमा बसेर स्वर्गको अनुभूति गरिरहेका छन्।
हो मानिस खुसी हुनलाई फरक अनुभूति गर्न पर्ने रहेछ।उनीहरूको क्रियाकलापले त्यही भनिरहेको छ।

अन्त किन जानु नेपालको त्रिभुवन विमानस्थलमा विदेशी पर्यटकहरू चिसो भुईँमा मज्जाले आराम गरिरहेका हुन्छन् अनि लाग्छ साँच्चै यिनीहरूले खुसी पाइरहेका छन् ।जहाँ स्वतन्त्रता छ व्यवस्थित भन्ने कुरा छँदै छैन। मानिसले आफूलाई गर्न मन लागेको कुनै पनि कुरा गर्दा अवश्य खुसी मिल्छ हो यी पर्यटकहरूले पनि स्वतन्त्रता पाइरहेका छन् जहाँ जे गर मर्जी चलिरहेको छ।

सायद अन्य राष्ट्रको एयरपोर्ट हाम्रो जस्तो अव्यवस्थित  हुँदै हुन्न त्यसरी मान्छे अावात आवतजावत हुने ठाउका बोकेका ब्याग सिरानी हालेर डङरङ्ग सुत्न पाईदैन् तर हामीले व्यवस्थित  गर्न नसक्दा यति लापरबाही छ जसलाई जे मन लाग्छ त्यही गरे हुन्छ।

चुईगम खाएर टेबलतिर टासेका हुन्छन् अर्को व्यक्ति गएर थ्याच्च बस्छ चाकमा चुईगम टासिन्छ् थुक लगाएर पुछ्न बाध्य हुन्छन् एक बोतल पानीको मूल्य कुनै विदेशी ब्राण्डको अल्कोहलको भन्दा कम हुँदैन त्यसैले दायाँ बायाँ हेर्‍यो रुमालमा थुक लगायो चाकको चुईगम पुछ्यो।

कुनै पनि अनुगमन छैन कसैलाई मतलब छैन अन्य देशमा नीति छन् नियम छन् सबैलाई समान रूपमा कारबाही हुन्छ उनीहरू नियम सँग डराउँछन् हाम्रो पहुँच र पावरको आधारमा अपराधी छुट्छन् कुनै कानुनको प्रवाह गर्दैनन् अपराधी छुट्छन् निर्दोष समातिन्छन् खैर!

सन्दर्भ यात्रा र खुसीको थियो।नेपाली मन हो कति आपत् विपत्को सामना गर्दै लम्किरहेका हामी यात्रामा खुसी नहुने कुरै भएन वास्तवमा जति सुकै पिडाहरू लुकाएर हाँस्न सक्ने मानिस भेटिन्छ भने सम्झिनुस् त्यो एक नेपाली हो।

हामीले एक दिनको यात्रामा के कति देख्योैँ कति खुसी जम्मा पार्योैँ खुसीका पोकाहरू खोल्दै छु। हरेक दिन काममा व्यस्त हुनु परदेशमा हुनेहरू आम नागरिकको भोगाई हो।

परदेशमा हुनेहरूले देश देश भनेर सेकेन्ड सेकेण्डमा अप डेट भइरहेका हुन्छन् कत्रो आस हुन्छ अब नयाँ नेतृत्व आयो देशमा शान्ति सुरक्षा कायम रहन्छ भन्नेमा शत प्रतिशत भरोसा हुन्छ तर जुन जोगी आए पनि उस्तै प्रवृत्ति देखाए पछि यति मन कुडिन्छ् कुरै नगरोैँ ।

हरेक परदेशमा रहने नेपालीहरू देश फर्कन चाहन्छन् मात्र नितिनियम कडा होस् शान्ति सुरक्षाको ग्यारेन्टी होस् बन्द हडतालले श्रमजीवीको दैनिकीमा असर नपुगोस् भन्ने हुन्छ तर बर्षोैँ देखि यो खेल अन्त्य भएकै छैन ।

अझ दिन दुगुणा रात चोैगुणा अपराध बढेको छ बलात्कार जस्तो जघन्य अपराध चरम उत्कर्षमा पुगेको छ कुनै नितिनियमले यसलाई छोएको छैन नागरिकहरू आवेगमा आएका छन्। सरकारलाई दबाब दिइरहेका छन् सरकार मुकदर्शक बनेर हेरिरहेको छ यस्ता घटना देख्दा साँच्चै मन भावुक हुन्छ आवेगमा जतिनै कराए पनि कान बन्द भएका ब्यबस्थापकिय स्तरमा पहुँच राख्नेहरू मोैन रहन्छन्।

साँच्चै भन्ने हो भने आफ्नो भन्दा देशको परिस्थिति र तनावले ज्यान जीर्ण हुन्छ तर समाधान कदापि हुन्न यधपी समाधान हुनै नसक्ने भन्ने कुरो होइन इच्छा शक्तिको अभाव चाहिँ पक्कै हो।

कहिल्यै नटुङ्गिने विवाद र विकास

सबको मुखमा विकास र समृद्धि छ तर पनि विकासमा विकास होइन विवाद बढी भइरहेको छ।जाबो खाल्डो पूर्ण समेत ज्वरो आएको छ सम्बन्धित निकायलाई कति निर्दयी छन् सरकारमा बस्ने मान्छेहरू नागरिकको चरम दुखलाई लत्याउने पनि के व्यवस्था अनि कसले गरोस् सरकार भएको आभास !

विदेशको कुरा गरोैँ भने उद्देक लागेर आउँछ कुनै रोड भत्किएको देखेमा चोैविस घण्टा कुर्नु पर्दैन एकै छिनमा काम फत्ते हुन्छ। तर हाम्रो मुलुकमा काम गर्ने कर्मचारी र ठेकेदारहरू शीर्ष नेताको मुख ताकेर जबरजस्त ठेक्का हात पार्छन् र काम नगरी जिद्दिपन देखाएर बस्छन्।कारण नितिनियम र काम गर्ने सिस्टमको अभाव सम्धन्धित निकाय सँग एउटा बलियो बहाना छ।

नेपालको कुनै एक पक्षलाई मात्र ध्यान दिने हो भने पनि कायापलट हुन्थ्यो। हजारौँ लाखोैँ खोलानाला छहरा नदीनाला छन् चाहे बाग्मती विष्णुमतिको कुरा गरोैँ वा अन्य कोसीको यति सुन्दर बाग्मति थियो जुन बेला हामी स्कुल पढ्थ्योैँ तर अहिले आएर कुरूप भयो बाग्मतीको हालत देख्दा मन भक्कानिन्छ्।

विदेशमा मानिसका घरबाट निस्किएको ढल पानीलाई समेत आर्थिक आर्जनमा प्रयोग गरेको देखियो।मलक्का सिटीको …….म्युजियम आसपासको दृश्यले साँच्चै मन लोभ्यायो अनि फेरि मैले बाग्मती सम्झिएँ!

यहाँका कुनै पनि प्राकृतिक नदीनाला होइनन् मानव निर्मित भए पनि वरिपरि सहर परिक्रमा गराएको छ दुई साइडमा घर सडक बिचमा नदी बनाएको छ नदीको पानी त्यति सफा छैन तर ह्वासह्वास्ती गन्हाएर बस्न नसक्ने पनि होइन कुनै गन्ध अाउदैन् तर पानी धमिलो देखिन्छ ।नदीको डिलहरूमा पर्यटक भुल्याउने फुलहरू ढकमक्क फुलिरहेका छन् मस्त छन् पर्यटकहरू..

पर्यटकहरूको घुइँचो छ ।जाबो घरबारबाट निस्केको फोहोर पानीलाई यसरी सहर पक्रिक्रमा गराएको छ नजिकै मनोरेल यी दुवै प्राकृतिक होइनन् जति नदीले सहर परिक्रमा गरेको छ त्यसकै वरिपरि किनाराबाट मनोरेलको लिग उठाएको छ।

यति हेरेपछि देशमा सम्भावनाहरूको चाङ देखिन्छ बाग्मतिको पानी सम्झिन्छु प्राकृतिक नदीहरू यसरी खेर गइरहेको छ यहाँको नहरमा पर्यटकको घुइँचो देख्दा बाग्मतिलाई मात्र व्यवस्थित बनाउने हो भने विश्व पर्यटक केन्द्र बाग्मती हुने थियो।नेतृत्वको भिजनले त्यो देख्दैन।

अनि मनोरेलको चर्चा भए सँगै यसको सम्भावना पनि उतिकै छ यदि नेतृत्वले चाह्यो भने यो असम्भव हुने कुनै ठाउँ देखिएँ हाम्रो जस्तो साना सडक र जाममा घण्टोैँ फस्नु पर्ने मुलुकमा यदि मानोको उच्चतम प्रयोग गर्ने हो भने यता सडक जामको चाप घट्छ भने यात्रुलाई पनि सुविधायुक्त यात्राको अवसर मिल्छ।

“लोभ लाग्दो ट्याक्सी सेवा र सुविधा”

नेपालको परिप्रेक्षमा ट्याक्सी सेवा अत्यन्तै महँगो बनेको छ चाललेको रूखो बचन साथै मिटरमा जान समेत विवाद गर्नु पर्छ यदि केही चालक गईहाले भने पनि अधिकांशले मिटरहरू बिगारेको पाइन्छ ।यसो कतै बटन दबाएको भरमा ह्वात्तै रकम बढाइदिन्छन् कति बाध्यताको यात्रा छ।

त्यो भन्दा अगाडी मिटरमा जान हमेसा चालकहरू तयार हुन्नन् सेवा को नाममा ठगी मुर्गा बनाउने धन्दा बढी हुन्छ। यात्रुलाई सेवा सुविधा भन्दा ज्यादा दुख दिईन्छ्।उस्तै परे हात हालाहालको अवस्था अाईपर्छ।

विदेशमा खास गरी मलेसियामा अनलाइन ट्याक्सीको सेवा सुविधा अत्यन्तै सस्तो भरपर्दो र सुविधा सम्पन्न छ हरेक यात्रुहरू खुसी छन् यो सेवा र सुविधाको प्रयोग गर्न पाउँदा सम्बन्धित नटिकाएको निगरानीमा यो सेवा प्रवाह भइरहेको छ जसलाई मोबाइलको प्ले स्टोर बाट ग्र्याब सर्च गरी “ग्र्याब”एउटा मोबाइल एप डाउनलोड गरेपछि जहाँ जाऊ भनेको समयमा विना बार्गेनिङ उपयुक्त मूल्यमा सही ठाउँमा पुर्याईदिन्छ कति “लोभ लाग्दो सेवा”दिइरहेका छन् यात्रुहरू कति सन्तुष्टि छन्।

मैले आजसम्म कुनै पनि यात्रुले असन्तुष्टि पोखेको देख्या छैन र हामी आफैँले पटक पटक चढेका छोैँ भनेको समय भन्दा एक सेकेन्ड ढिला नगरी सही ठाउँमा पुर्याएको साथै मिठो स्वरमा धन्यवाद दिएर गएको धेरै क्षणहरू याद छन्।के यो प्रविधि प्रयोग नै गर्न नसकिने हो र?सरकारले यस्ता साना तिना कुरामा जोड दिदैन् वास्ता गर्दैन तर यस्ता विषय अति महत्त्वपूर्ण हुन्छ। जुन दैनिक यात्रुहरूले टन्न रकम तिरेर पनि सङघर्षको यात्रा गरिरहेका हुन्छन् र यस्ता सेवाबाट वञ्चित भइरहेका हुन्छन् हाम्रो सरकारले पनि यो अनलाइन ट्याक्सीलाई प्राथमिकतामा राखी यात्रुलाई सेवा दिन सकोस् यो आम नागरिकको अपेक्षा पनि हो।