दुर्घटनाबाट जोगियो यति एअरको जहाज !

पोखरा । काठमाडौंबाट उडेको यती एयरलाइन्सको ९–एनएएचयू कल साइनको जहाज दुर्घटनाबाट जोगिएको छ । पोखरामा अवतरणको क्रममा अगाडिको चक्का लक भएको थियो ।
अवतरणको क्रममा अगाडिको चक्का लक भए पछि विमान धावन मार्गमै रोकिएको छ । विमान रोकिएपछि विमानस्थल बन्द भएको छ ।
जहाज अवतरणको क्रममा पांग्रा ‘लक’ भएको बताइएको छ ।

