यातायात व्यवसायी महासंघद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

यातायात व्यवसायी महासंघद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा



काठमाडौं । यातायात व्यवसायीले पनि सरकारबिरुद्ध आन्दोलन गर्ने भएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकार विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।

कोभिड–१९ (कोरोनाभाइरस) का कारण व्यापार व्यवसाय गुमाएका र आर्थिक संकटमा परेका व्यवसायीहरुलाई सरकारले सहयोग नगरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघले यसअघि सरकारले बैंकिङ साँवा तथा ब्याज भुक्तानीको समय सीमा थप गरी कर्जाको ब्याजमा २ प्रतिशतको छुटसहित घरभाडा छुटको घोषणा गरेपनि कार्यान्वयन नभएको भन्दै सो प्रतिवद्धता अबिलम्ब पूरा गर्न आग्रह गरेको छ ।

६ सूत्रीय माग राखेको महासंघले व्यवसायीहरुले लकडाउन अवधिको बैंकिको व्याजदरमा शतप्रतिशत छुट पाउनु पर्ने, किस्ता तथा ब्याज तिर्ने भाका कम्तिमा एक वर्ष पछाडि सारिनुपर्ने, पुनर्कर्जा कोषमा साना उद्योग, व्यवसायीहरुको पहुँच सुनिश्चित गरिनुपर्ने, कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत कायम गरिनु पर्ने, स्प्रेड रेट घटाएर ३.५ प्रतिशत कायम गरिनु पर्ने र लकडाउन अवधिभरको व्यवसायीक घरभाडा पुरै छुट गरिनु र्ने माग अघि सारेको छ ।

सरकार विरुद्धको आन्दोलन घोषणा गरेको महासंघले पहिलो चरणमा भोलि बिहिबार ९ बजे माइतिघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने जनाएको छ । त्यसपछि सरकार कसरी प्रस्तुत हुन्छ सोही अनुसार अघि बढ्ने महासंघको भनाइ छ ।