सार्वजनिक यातायातको विकल्प खोज्दै सरकार ! - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

सार्वजनिक यातायातको विकल्प खोज्दै सरकार !



सिन्डिकेट तोड्न र करको दायरामा ल्याउन यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा लागू गरेको निर्देशिकाविरुद्ध व्यवसायीले विरोध गरेपछि विकल्पको तयारी थालिएको छ।

यातायात व्यवसायीले सवारी ठप्प पार्ने सम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेपछि विभागले वैकल्पिक सवारी साधन प्रयोगमा ल्याइने तयारी थालेको हो।

सार्वजनिक सवारी साधन सञ्चालन नभएको खण्डमा विभागले अन्य निकायका सवारी सञ्चालन गरेर भए पनि निर्देशिका कार्यान्वयन गरेर छाड्ने जनाएको छ।

त्यसका लागि विभागले नेपाली सेना, सशस्त्र प्रहरी, प्याव्सन एनप्याव्सन लगायतका निकायसँग भएका सवरी सञ्चालन गर्न सकिने गरी छलफल अघि बढाएको छ ।
सार्वजनिक सवारी सञ्चालन नभएको खण्डमा यी निकायका सवारी सञ्चालन गर्नेगरी तयारी भएको विभागले जनाएको छ ।,आकजो गोरखापत्र दैनिकमा यो खबर छ ।