यातायात व्यवस्था विभागलाई नै कारबाही - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

यातायात व्यवस्था विभागलाई नै कारबाही



काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागलाई कारबाहीका लागि सिफारिस गरिएको छ । सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)मा नेपाली भाषा पनि राख्नु पर्नेमा त्यसो नगरेकाले विभागलाई कारबाहीको सिफारिस गरिएको हो ।

स्मार्ट लाइसेन्स अंग्रेजी भाषामा मात्रै छपाइ हुँदैछ । यातायात व्यवस्था विभागले भाषा आयोगले नेपाली भाषाको प्रयोग गरेर लाइसेन्स छाप्न गरेको अनुरोधलाई बेवास्ता गरेकाले कारबाहीका लागि सिफारिस गरिएको आयोगका प्रवक्ता गणेश भट्टराईले जानकारी दिए ।, अन्नपूर्ण पोस्टमा खबर छ ।