यातायात व्यवसायीको चेतावनी: मूल्यवृद्धि फिर्ता नभए टिकट बुकिङ नखोल्ने - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

यातायात व्यवसायीको चेतावनी: मूल्यवृद्धि फिर्ता नभए टिकट बुकिङ नखोल्ने



काठमाडाैं- सरकारले असोज ३ गतेदेखि वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य फिर्ता नगरे दशैंका लागि अग्रिक टिकट बुकिङ नगर्ने चेतावनी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दिएको छ।

भदौ ३१ गते सरकार र व्यवसायीबीच असोज ५ पाँच गतेदेखि दशैंका लागि अग्रिम टिकट खुलाउने सहमति भएको थियो।

सरकारले प्रतिलिटर पेट्रोलमा २ र डिजेल र मट्टीतेलमा ३/३ रुपैयाँ मूल्यवृद्धि गरेको थियो। सरकारको मुल्य वृद्धि निर्णय २४ घन्टा भित्र फिर्ता नभए अग्रिम टिकट बुकिङ नगर्ने भन्दै महासंघले विज्ञप्ती जारी गरेको छ।