यस्तो छ नयाँ ३५ जनाको कोरोना रिपोर्ट - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

यस्तो छ नयाँ ३५ जनाको कोरोना रिपोर्ट



काठमाडौं- कोरोना भाइरसको संक्रमण आशंकामा दैनिक जारी परीक्षणअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार ३५ जनाको नतिजा सार्वजनिक गरेको छ।

तर यसमध्ये कसैमा पनि कोरोना भाइरस नदेखिएको मन्त्रालयले जानकारी दिएको छ।

शनिबारसम्म कोरोना संक्रमण आशंकामा नमुना परीक्षण गराउने बिरामीको संख्या ८७५ रहेकामा आइतबारसम्म यो संख्या ९१७ पुगेको स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमार्फत जानकारी दिएको हो।

यसमध्ये अहिलेसम्म ५ जनामा मात्र कोरोना संक्रमण देखिएको छ। तीमध्ये पनि एक जना उहिल्यै स्वस्थ भइसकेका छन् भने बाँकी ४ जनाको विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ।

मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन। यद्यपि बुटवलमा कोरोना संक्रमण आशंकामा उपचारमा रहेका एक युवकको आइतबार मृत्यु भएको छ।

तर उनको नमुना परीक्षणको रिपोर्ट आइनसकेकाले उनको मृत्यु कोरोनाकै कारण भयो वा अन्य कारण भन्ने निश्चित हुन बाँकी छ।