यस्तो छ प्रधानमन्त्री ओलीको भारत भ्रमण तालिका !
काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदैछन् ।
– शुक्रबार बिहान ९ बजे भारत प्रस्थान गर्नेछन् ।
-१०:४५ मा इन्दिरा गान्धी विमानस्थलमा उत्रिने छन् ।
-विमानस्थलबाट प्रधानमन्त्री सहित मन्त्रीहरूलाई राष्ट्रपति भवनमै आतिथ्यको व्यवस्था गरिएको छ ।
-साढे १२ बजे होटल ताज प्यालेसमा प्रधानमन्त्री ओलीले व्यवसायीसँग विजनेस मिटिङ गर्नेछन् ।
-साँझ ६ देखि ७ बजे नेपाली दूतावासमा आयोजित रात्रीभोजमा सरिक हुने कार्यक्रम रहेको छ ।
– साँझ ८ बजे नेपाली दूतावासले इम्पेरियल होटलमा आयोजना गर्ने रिसेप्सनमा प्रधानमन्त्रीको टोली सहभागी हुने कार्यक्रम छ ।
शनिबार भने प्रधानमन्त्रीको महत्त्वपूर्ण भेटवार्ता हुनेछ ।
-बिहान साढे ९ बजे प्रधानमन्त्री ओलीले राष्ट्रपति रामनाथ कोविन्दसँग भेट गर्नेछन् ।
-साढे १० बजे भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग उनको भेटवार्ता हुनेछ ।
-साढे ११ बजे भारतीय समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
साँझतिर भारतीय उपराष्ट्रपति, गृहमन्त्री, अर्थमन्त्रीलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
आइतबार भने प्रधानमन्त्री ओली उत्तराखण्ड जानेछन् ।
उत्तराखण्डको युनिभर्सिटी अफ् एग्रिकल्चर एण्ड टेक्नोलोजीले दिने मानार्थ महाविद्यावारिधी ग्रहण गर्नेछन् र सोही दिन राति ८ बजे स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।