यस्ता छन् ओली-प्रचण्डले तयार पारेका स्थायी कमिटीका एजेण्डा - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

यस्ता छन् ओली-प्रचण्डले तयार पारेका स्थायी कमिटीका एजेण्डा



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवाद र तनाव पछिल्ला दिनहरूमा कम हुँदै गैरहेको छ । लामो समयदेखि अनिर्णयको बन्दी बनेको स्थायी कमिटि बैठक बस्नको लागि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले बुधबार एजेन्डा तयार गरेका छन ।

बुधबार बालुवाटारमा बसेको दुई अध्यक्षको बैठमा एजेण्डा तयार भएको बताइएको छ । अब बस्ने स्थायी कमिटी बैठकमा तय भएका एजेण्डा पेस गर्ने तयारी छ । बुधबार बिहान भएको परामर्शबाट स्थायी कमिटीमा पेश हुने एजेण्डा तयार गरिएको हो।

आगामी शुक्रबार नेकपाको स्थायी कमिटी बैठक बस्दै छ । सोहि बैठकका लागि पेश गर्ने एजेण्डा सबै स्थायी कमिटी सदस्यलाई इमेलमार्फत् पठाएको छ । सदस्यहरुलाई स्थायी कमिटी बैठकका एजेण्डा पढेर सुझाव दिन आग्रह समेत गरिएको छ ।

एक स्थायी कमिटि सदस्यले इमेलमार्फत् बैठकका एजेण्डा पठाइएको बताए । उनले भने, ‘एजेण्डाहरूको बारेमा सुझाव समेत पठाउन आग्रह गरिएको रहेछ, इमेलमार्फत एजेण्डा पाएको छु ।’

तयार पारिएका एजेण्डामा पार्टीलाई विधि र पद्दतिमा चलाउनुपर्ने कुरालाई बढी महत्व दिइएको उनले बताए । यसका अलावा अहिलेसम्म सरकारले गरेका कामको समिक्षा समेत गरिने छ । अबका दिनमा सरकारलाई प्रभावकारी बनाउनका लागि के गर्ने भन्नेबारे पनि एजेण्डा तयार गरिएको छ ।

उनका अनुसार पार्टी विधान बमोजिम विधि पद्धतिमा चलाउने, कोरोना भाइरसका सम्बन्धमा सरकारले खेलेको भूमिका, सीमा विवादका विषय, अहिलेसम्म सरकारले गरेका काम कारबाहीको विषयमा समिक्षा, मन्त्रिमण्डल पुनर्गठन र जिम्मेवारी लगायतका बिषय उल्लेख गरिएका छन् ।