यसकारण गरिएको रहेछ पार्टी एकता - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

यसकारण गरिएको रहेछ पार्टी एकता



काठमाडाैँ। समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालीन संघीय समाजवादी फोरमसँग एकता गर्नु बाध्यता भएको बताएका छन्।

पार्टी एकताप्रति असन्तुष्ट बनेका केही नेताहरूले बिहिबार बुझाएको ज्ञापनपत्र बुझ्दै परिषद् अध्यक्ष भट्टराइले भने, ‘वैकल्पिक राजनीतिक शक्तिलाई अझै सशक्त बनाउन पार्टी एकीकरण गरिएको हो, यो आवश्यकता र बाध्यता दुवै थियो ।’

तत्कालीन नयाँ शक्ति नेपाल वैकल्पिक राजनीतिक धारका लागि स्थापना गरिएको तर फोरमसँग पार्टी वियल गरिएको भन्दै नयाँ शक्ति केन्द्रीय समितिका सदस्यहरुले असन्तुष्टि राख्दै आएका छन् । असन्तुष्ट समूहले पार्टीको नाम, झन्डा र नेतृत्वलगायतका विषयमा असन्तुष्टि राख्दै आएका छन्।

उनीहरुले तत्कालीन नयाँ शक्तिको केन्द्रीय समितिमा छलफल नै नगरी हतारोमा फोरमसमक्ष एकता गरेको आरोप लगाएका छन् । पूर्वमन्त्री कल्पना धमला, भट्टराई प्रधानमन्त्री रहेको समयमा उनको प्रेस सल्लाहकार रहेका रामरिझन यादव तथा पूर्वसांसद ज्ञानेन्द्र कुमाललगायतका नेता फोरमसँगकाे एकताबाट असन्तुष्ट छन्।