अमेरिका र युरोप भन्दै करोडौँमा ठगिन्छन शिक्षित युवा - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

अमेरिका र युरोप भन्दै करोडौँमा ठगिन्छन शिक्षित युवा



काठमाडौं । झन्डै ५० लाख खर्चेर अवैध बाटो हुँदै अमेरिका छिरेका दाङ तुल्सीपुरका ३५ बर्षीय युवक ‘डिपोर्ट’ भएर यही पुस ४ गते काठमाडौ उत्रिए ।

प्रहरीको मानव बेचविखन ब्यूरोको प्रारम्भिक बयानमा उनले आफ्नो शैक्षिक योग्यता १० कक्षा पास मात्रै भएको बताए ।

थप अनुसन्धानपछि थाहा भयो, उनी स्नाकोत्तर तहको अध्ययन सकेर स्थानीय बोर्डिङमा पढाउँदा रहेछन् ।

मानव तस्करको फन्दामा परेको सार्वजनिक हुँदा आफ्नो प्रतिष्ठा कमजोर हुने सोचेर उनले आफ्नो शैक्षिक योग्यता ढाँटेका रहेछन् ।

दाङका यी युवाजस्तै मानव बेचविखनमा परेकाहरुमा उच्च शैक्षिक योग्यता भएका धेरै छन् ।

पढालेखालाई अवैध बाटोबाट अमेरिका र युरोपदेखि खाडीका देशसम्म छिराइदिने आशा देखाउने एजेन्टहरुको शैक्षिक योग्यता भने कम छ ।

मानव बेचविखनका २ सय ६७ घटनामा संलग्न पीडित र पीडकको शैक्षिक पृष्ठभूमिको अध्ययनबाट थाहा हुन्छ, पढेलेखेकैहरु थोरै पढेका कमजोर शैक्षिक योग्यता भएकाहरुबाट ठगिन्छन् ।

१ सय ७६ पुरुष र ९१ महिला पीडितले प्रहरीमा दिएका निवेदनमा मानव बेचविखन समूहको फन्दामा परेर २१ करोड ६१ लाख ४६ हजार रुपैंयाँ गुमाएको दावी गरेका थिए । -कान्तिपुर दैनिकमा खबर छ