यसरी जन्मन्छ्न जुम्ल्याह बच्चा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

यसरी जन्मन्छ्न जुम्ल्याह बच्चा



कलिउड अभिनेत्री सेलिना जेटली दोस्रो पटक ट्विन्स (जुम्ल्याह) बच्चा जन्माउँदै छन् । सेलिना भन्दा पहिलो कोरियोग्राफर फरहा खानले पनि ट्रिपलेट्स (तिम्ल्याह) बच्चा जन्माइसकेकी छन् । यो सवाल अक्सर उठ्ने गरेको छ किन केही महिलाले जुम्ल्याह वा तिम्ल्याह बच्चा एकै पटक जन्माउँछन् ? यसै चासोलाई सम्बोधन गर्ने मनसायले विज्ञहरुसँग यस सम्बन्धमा के भन्छन् त ?

इन्डियन फर्टिलिटी सोसाइटीका विभागीय प्रमुख न्योनैटोलजिस्ट एण्ड एम्ब्रायोलजिस्ट डा रणधीर सिंहका अनुसार एउटा भन्दा धेरै बच्चा जन्माउने घटनालाई मेडिकल भाषामा मल्टिपल प्रेग्नेन्सी भन्छन् । यसको मतलब यो हो कि कुनै महिलाको गर्भमा दुईवटा बच्चा छन् । यो बच्चा एउटा डिम्ब या अलग–अलग बिम्बबाट पनि हुन सक्छ ।

आइडेन्टिकल ट्विन्सः एउटै डिम्बबाट जन्मीने बच्चालाई आइडेन्टिकल भनिन्छ । यस्तो त्यति बेला मात्रै हुन्छ जति बेला एउटा डिम्बसँग एउटा शुक्रकीटबाट फर्टिलाइज हुन्छ । त्यसपछि फर्टिलाइज्ड डिम्ब दुई वा त्यो भन्दा बढी भागमा विभाजित हुन्छ । तर यस्तो हुने सम्भावना निकै कम छ । यधपि यसरी जन्मीएका बच्चाहरुको अनुहार र प्रकृति (आनीबानी) करीब मिल्दोजुल्दो हुन्छ ।

फ्रेटरनल ट्विन्सः फरक–फरक डिम्बबाट जन्मीने जुम्ल्याह वा तिम्ल्याह बच्चालाई फ्रेटरनल भनिन्छ । यस्तो तब मात्रै हुन्छ जब दुई वा दुई धेरै डिम्ब फरक–फरक शुक्रकीटसँग फर्टिलाइज (गर्भाधारण) हुन्छ ।

यदि महिला माइती परिवारमा पहिलेखि नै फ्रेटरनल ट्विन्स छन् भने त्यस्तो हुने सम्भावना बढी हुन्छ । अधिकांश ट्विन्स यस्तै किसिमबाट हुने गर्छन् । यस्तो ट्विन्स एकै प्रकारका देखिन पनि सक्छन् र फरक–फरक हुन सक्छ ।