यसकारण कांग्रेसको वैधानिकता संकटमा पर्दैन - Himal Post Himal Post
  • १० फाल्गुन २०८१, शनिबार
  •      Sat Feb 22 2025
Logo

यसकारण कांग्रेसको वैधानिकता संकटमा पर्दैन



काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन फेरि सार्ने निर्णय गरेको छ । पटकपटक स्थगित हुँदै आएको महाधिवेशन आफू इतर समुहको असन्तुष्टिका बावजुद सभापति शेरबहादुर देउवाले सारेरै छाडे ।

शनिबार बैठक डाकेर सारिएको मितिअनुसार कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म गर्ने बिर्नाया गरिएको छ । पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति सार्ने निर्णय गरेको हो ।

वैधानिकता नै संकटमा पर्ने भनीएपनि त्यसको पर्वाह नगरी कांग्रेसको महाधिवेशन सार्ने निर्णय गरीएपछि यसबारे छुट्टै बहस उत्पन्न भएको छ। तर पार्टीको बैठकमा भएको छलफल अनुसार मंसिरमा महाधिवेशन गर्दा वैधानिकता संकटमा नपर्ने बताइएको छ । पार्टीका एक नेताका अनुसार कांग्रेस २०७३ मंसिर ३० निर्वाचन आयोगमा दर्ता भएकाले महाधिवेशनको नयाँ तालिकाले असर नगर्ने बताएका छन् ।

संविधानको धारा २६९ को उपधारा ४ (ख)मा ५ वर्ष ६ महिनाभित्र महाधिवेशन गर्नु पर्ने प्रावधान रहेको छ । यसैलाई टेकेर कांग्रेसको महाधिवेशन सर्ने निर्णय गरिएको ति नेता बताउँछन् । ‘यसैपनि संविधानको धारा २७० र २७२ ले दल खारेज गर्ने वा प्रतिबन्ध लगाउन नमिल्ने उल्लेख रहेछ’ उनले भने ।

त्यस्तै शनिबारको बैठकले क्रियाशील सदस्यतासम्बन्धी विवादको टुंगो लगाउन विशेष कार्यदल बनेको छ । उक्त कार्य दलमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मा दिइएको छ । उनीहरु भदौँ २ गतेभित्र क्रियाशील विवाद समाधान गरेर ३ गते पार्टी सभापतिलाई बुझाउने बताइएको छ ।