ओलीलाई कारबाही गरेकै दिन यान्छीले राष्ट्रपतिलाई भेटेपछि…
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपा र प्रतिनिधि सभा संकटमा भएका बेला चिनियां राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेकी छन् ।
शितल निवास स्रोतले दिएको जानकारीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राजदूत होउ यान्छीबीच मंगलबार साँझ भेटवार्ता भएको छ ।
साँझ ६ बजेतिर यान्छी राष्ट्रपति भेट्न शीतल निवास पुगेकी थिइन् । भेटका क्रममा के छलफल भयो भन्नेबारे खुलिनसकेपनि भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेकपाभित्र संकट आइपरेको र प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्ड-नेपाल समुहले पार्टीबाट हटाउने निर्णय गरेक्कै दिन यान्छीले राष्ट्रपति भेटेकी हुन् ।
नेकपाभित्रको विवादमा यान्छीले चासो देखाउने गरेको टिप्पणी हुँदै आएको छ ।यस्तै यान्छीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत समय लिइसकेको र छिट्टै भेटवार्ता गर्ने बुझिएको छ ।