राष्ट्रपति 'सी'को सन्देश बोकेर खुमलटार पुगेकी थिइन् यान्छी - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

राष्ट्रपति ‘सी’को सन्देश बोकेर खुमलटार पुगेकी थिइन् यान्छी



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टे नेकपामा विवाद उत्पन्न हुँदा सधै सक्रिय रहने चिनिया राजदूत होउ यान्छीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेट गरेकी छन् ।

बिहीबार बिहान ९ बजे खुमलटार पुगेकी यान्छीले चिनिया राष्ट्रपति सीको संदेश बोकेर त्यहाँ पुगेको सुत्रले बताएको छ । राष्ट्रपति सीको संदेश सुनाउँदै उनले चीन पार्टी एकताको पक्षमा रहेको बताएकी छिन्।

नेकपा दुई भागमा विभाजन भएको बेला उनले प्रचण्डलाई भेटनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । चिनियां राजदूतले पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रचण्डसंगको भेटमा चांसो राखेको बुझिएको छ ।

यसअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसंग शितल निवास पुगेर भेटवार्ता गरेकी थिईन ।

चिनियां राजदूतले पछिल्लो समय नेताहरुसंगको भेटमा चीन नेपालमा स्थिरता कायम रहोस भन्ने पक्षमा रहेको बताउने गरेकी छन् ।

नेकपाभित्र असहज अवस्था आउँदा यसअघि पनि यान्छीले शीर्ष नेताहरुसँग भेट गर्ने गरेकी थिइन्।