माधव नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

माधव नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता



काठमाडौं : नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटेकी छन् ।

नेकपा स्पष्ट रुपमा दुई समूहमा विभाजित भइसकेको अवस्थामा चिनियाँ दाजदूत यान्‍छीले शुक्रबार नेपाललाई भेटेकी हुन् ।

समूहका केन्द्रीय सदस्य एव‌ं विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार शिष्टाचार भेटका अवसरमा उनीहरूबीच दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको छ ।

यसअघि बिहीबार खुमलटार पुगेर राजदूत यान्छीले अध्यक्ष पुष्पकमल दाहाललाई भेटेकी थिइन्।

राजदूत यान्छी र प्रचण्डबीच नेकपाभित्र विकसित राजनीतिका विषयमा छलफल भएको थियो।

यसअघि पनि नेकपाभित्रका नेताहरूबीचको अन्तर्संघर्ष तीव्र बनेका वेला चिनियाँ राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो ।