संघीय सांसद यज्ञबहादुरलाई कोरोना संक्रमण - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

संघीय सांसद यज्ञबहादुरलाई कोरोना संक्रमण



काठमाडौं- संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण भएको छ । अछाम– २ बाट निर्वाचित बोगटीले आफू संक्रमित भएको जानकारी दिएका छन् ।

ललितपुर बस्ने टोलका एक जनालाई कोरोना संक्रमण भएपछि साउन ३० गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वाबको नमुना दिएका थिए ।

त्यसको पहिलो रिपोर्ट साउन ३२ गते आएको थियो, त्यतिबेला रिपोर्ट नेगेटिभ आएको थियो, तर भदौ २ गते अर्को रिपोर्ट आउँदा पोजेटिभ आएको बोगटीले जानकारी दिए ।

कोरोना भाइरस भएको पुष्टि भएपछि उनी कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा छन् । बोगटी साउन १७ गते अछामबाट फर्किएका थिए । उनका अनुसार साउन २५ गतेसम्म सिंहदरबारमा संसदीय समितिको बैठकहरुमा गइरहेका थिए ।