बुधबार यहि बैठकमा थिए कोरोना संक्रमित मन्त्री यादव - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

बुधबार यहि बैठकमा थिए कोरोना संक्रमित मन्त्री यादव



काठमाडौं- प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयले जारी गरेको बुलेटिनमा उनीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालयका एक महिला र ७ पुरुष गरी ८ जना छन्।

मन्त्री यादव मन्त्रालयको निवासमै आइसोलेसनमा बसेका छन् गरेका छन्। उनी चिकित्सकको सम्पर्कमा होम आइसोलेसनमा रहेको बताइएको छ । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंमा समेत तनावको अवस्था बनेको छ ।

एक साता लामो काठमाडौं बसाई पछि उनी साउन १८ गते जनकपुर फर्केका थिए । फर्केको भोलिपल्ट साउन १९ गते स्वाब संकलन गराएका उनको रिपोर्ट बुद्यबार पोजेटिभ आएको हो ।

मन्त्री यादव एक साता लामो काठमाडौं बसाईमा प्रधानमन्त्री ओलीलाई समेत भेटेको खुलेको छ । बुद्यबार कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा रहेको मन्त्री ज्ञानेन्द्रकुमार यादव प्रहरी समायोजन सम्बन्धि समन्वय समितिको बैठकमा सहभागी हुन एक साताअघि काठमाडौं गएका थिए ।

सो कार्यक्रमको अध्यक्षता गृहमन्त्री रामबहादुर थापा बादलले गरेका थिए भने प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली थिए । कार्यक्रममा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू सहभागी थिए । गृह सचिव, कानुन मन्त्री, प्रहरी महानिरिक्षक लगायतका उच्च अधिकारीहरु समेत सहभागी थियो।

बैठक सम्पन्न भएपछि प्रधानमन्त्री, गृहमन्त्री सहित सात वटै प्रदेशका आन्तिरिक मामिला मन्त्रीहरू र उच्च प्रहरी अधिकारीहरु बिना मास्क सामुहिक तस्बिर खिचाएका थिए ।
विभिन्न मन्त्री आफन्त र प्रधानमन्त्री ओलीलाई समेत भेटेको खुलेपछि अहिले यो चर्चाको बिषय बनेको छ ।

एक साताअघि मन्त्री यादव, भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, उद्योग वन, पर्यटन तथा वातावरण मन्त्री रामनरेश रायसहितको टोली सिरहाको कमलानदी, घुर्मी नदी, बतहा नदी, बलान नदी, गागन नदीलगायतको क्षती निरिक्षण गर्न सिरहा आएका थिए । सो क्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल, प्रदेश सांसदहरू, कार्यलय प्रमुखहरू, स्थानीय तहका प्रमुखहरू, राजनीतिक दलका प्रतिधिधिहरू र केही पत्रकारहरू समेत सहभागी थिए ।