चिनियाँ राष्ट्रपति उहान पुगेर के गरे ? - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

चिनियाँ राष्ट्रपति उहान पुगेर के गरे ?



एजेन्सी- चिनियाँ राष्ट्रपति सि जिनपिङ मङ्गलबार नोबेल कोरोनाभाइरस (कोभिड-१९) पहिलोपटक देखिएको चीनको उहान पुगेका छन्।

चीनको हुबेइ प्रान्त र यसको राजधानी उहानले कोभिड-१९ नियन्त्रण गर्न के-कस्तो प्रगति गरिरहेको छ र चीन कसरी यस प्रकोपजन्य स्थितिबाट उठ्दै छ? भन्ने अनुगमन गर्न राष्ट्रपति त्यहाँ पुगेका हुन्। यसबाट कोरोनाभाइरसविरुद्ध लडाइँ अर्को चरणमा पुग्ने विश्लेषण गरिएको छ।

उहानमा पहिलोपटक कोरोनाभाइरस देखिएको ह्वशेन्शान अस्पतालमा राष्ट्रपति पुगेर त्यहाँका मेडिकल कर्मचारी, बिरामीका बारे उनले जानकारी लिएका थिए।

राष्ट्रपति सिले आफै कोरोनाविरुद्धको युद्धको नेतृत्व गर्दैछन्। यसबारे ध्यानपूर्वक दैनिक रूपमा उनले लिखित र मौखिक आदेश दिइरहेका छन्।

झण्डै दुई महिनापछि चीन विस्तारै सामाजिक सुव्यवस्थातर्फ फर्किँदै छ। सिको उहान भ्रमणलाई कोभिड-१९ विरुद्धको युद्ध जित्ने दृढतासँग तुलना गरिएको छ।

गत जनवरी ७ देखि चिनियाँ राष्ट्रपति सिले पार्टीको स्थायी समितिसँग ६ वटा बैठक र राजनीतिक ब्युरोसँग एउटा बैठक बसेका छन्। यी सबै बैठकमा उनले भाइरस नियन्त्रणका लागि सक्दो प्रयास अघि बढाउन आह्वान गरेका छन्।

यसबाहेक उनले विधिको शासन अघि बढाउन एउटा बैठक, विस्तृत र गहन परिवर्तनका लागि एउटा बैठक, १ लाख ७० हजार अधिकारीसँग टेलिकन्फरेन्स, बेइजिङको प्रकोप नियन्त्रणसम्बन्धी अध्ययन÷अनुसन्धानको अनुगमन र प्रकोप नियन्त्रणका लागि पटक-पटकका आदेश दिइसकेका छन्।

अन्तर्राष्ट्रिय रूपमा सिले विश्व स्वास्थ्य संगठनका प्रमुखसँग भेटघाट तथा क्याम्बोडिया र मंगोलियाका संगठनका प्रमुखसँग पनि भेट गरिसकेका छन्। यसबाहेक फ्रान्स, जर्मनी, साउदी अरब र अमेरिकालगायत १४ राष्ट्रका प्रमुखसँग उनले १५ पटक टेलिफोनमार्फत् वार्ता गरिसकेका छन्।

यस्तो अवस्थामा यस किसिमको संलग्नता ‘निकै असामान्य’ बताउँछन्, विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसस।

सि नेतृत्वको यस युद्धमा उहान र हुबेइलाई मुख्य युद्धस्थल बनाई रक्षात्मक तरिका अपनाइएको छ। देशभरका स्रोत र मानव संशाधन प्रयोग गरिएको सिन्ह्वाले जनाएको छ।

राष्ट्रपतिको यस किसिमको संलग्नताले उहानबासी उत्साहित भएका छन्। उनको भ्रमणले केन्द्र सरकारकै तर्फबाट स्थिति सामान्य गर्ने बलियो तदारुकता देखिएकोले आफू उत्साहित भएको उहानका भाइरोलोजिस्ट याङ जान्क्यु बताउँछन्।