चीनका राष्ट्रपति सीको संदेश: म नेपालसंग काम गर्न चाहन्छु - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

चीनका राष्ट्रपति सीको संदेश: म नेपालसंग काम गर्न चाहन्छु



काठमाडौं- छिमेकी देश चीनका राष्ट्रपति सी चिनफिङले नेपालसंग काम गर्न तयार रहेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई सन्देश पठाउँदै उनले आफ्नो देश र नेपालबीचको सम्बन्धलाई आफूले उच्च स्थानमा राखेको बताएका हुन्।

राष्ट्रपति सीले दुई देशबीच राजकीय सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा शनिबार आफ्ना समकक्षी राष्ट्रपति भण्डारीलाई बधाई सन्देश आदानप्रदान गर्दै चिनियाँ आफू नेपालसँग सहकार्य गर्न तयार रहेको बताएका हुन्।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सीले आफू राष्ट्रपति भण्डारीसँग सहकार्य गरेर दुवै देशका नागरिकलाई लाभ हुने गरी क्षेत्रीय स्थिरता एवं विकासमा योगदान पुर्याउन इच्छुक रहेको सन्देशमा उल्लेख गरेका छन्।