भारतीय सीमामा चीनद्वारा सी नेतृत्वको खतरनाक सैनिक परिचालन
एजेन्सी– भारत र चीनवीचको सीमा विवाद अझै लम्बिने संकेत देखिएको छ । चीनको भारतसंग सीमा क्षेत्र पूर्वी लद्दाखमा तिव्र विवाद छ । दुवै देशबीच विवाद बढेसंगै चीनले भारतसंग सीमा जोडिएको सीमा क्षेत्रमा सेनाको उपस्थितीलाई मजबूत बनाउंदै लगेको छ । उसले त्यस क्षेत्रमा ठुला सैनिक अभ्यासलाई समेत बढाएको छ ।
चिनियां रक्षा मन्त्रालयका प्रवक्ता कर्णेल वु चिआनले बिहीबार सीमामा तैनाथ सैनिकका लागी नयां व्यवस्था गरिएको जानकारी दिएका छन् । हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारअनुसार चिनियां कम्युनिष्ट पार्टीले सीमा क्षेत्रमा अझै तनाव बढ्न सक्ने विश्लेषण गरेको छ ।
अमेरिका र भारतबीच नयां रणनैतिक सम्झौतामा हस्ताक्षर भएसंगै चीनले आफ्नो सेनालाई सीमा क्षेत्रमा सवै हिसावले तयारीमा हालतमा राखेको हो । चिनियां राष्ट्रपति सी जिनफिङ प्रमुख रहेको सेन्ट्रल मिलिट्रि कमिसनअन्र्तगतको रसद व्यवस्थापन विभागले उच्च हिमाली भु-भागमा तैनाथ चिनियां जनमुक्ति सेनाको सुविधामा केही नयां निती अघि सारेको छ । उसले उनिहरुलाई बस्ने, तालिम गर्ने र लगाउने लुगा र उच्च हिमाली क्षेत्रमा प्रयोग गर्न सक्ने खानामा समेत परिवर्तन गर्ने गरी नयां नीति बनाएको छ ।
चिनियां जनमुक्ति सेनाका जवान वस्ने स्थानमा स्वचालिम उर्जा प्रविधीको विकास गरिएको छ । त्यसका साथै नयां स्लिपिङ ब्याग,कोल्डप्रुफ जुता र खाद्यान्न भण्डारका लागी नयां थर्मल इन्सुलेसन उपकरणको समेत व्यवस्था उक्त विभागले गरेको छ ।
चिनियां सेनाका प्रवक्ता वूले बाहिरी तापक्रम माइनस ४० डिग्री सेल्सियस र ५ हजार मिटरभन्दा उचाइमा बस्ने सैनिक स्थानभित्र १५ डिग्री सेल्सियसभन्दा तापक्रम रहने व्यवस्था गरिने जानकारी दिएका छन् ।
चीनसंगको सीमा विवादमा भारतलाई साथ दिने अमेरिकाको घोषणासंगै चीनले पनि आफ्नो तयारीलाई मजबूत बनाउन लागेको हो । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चीनलाई लिएर कडा टिप्पणी गरेसंगै चीनले भने अर्काको आन्तरिक मामिलामा चांसो नदिन चेतावनी दिएको छ ।
चिनियां विदेशमन्त्रालयले भारतसंगको सीमा विवादबारे छलफल चलिरहेको भन्दै यसमा तेस्रो पक्षको कुनै सल्लाह आवश्यक नभएको प्रतिक्रिया दिएको छ ।