सी जिङपिङलाई किम जोङले लेखे पत्र: दुःखमा हामी साथमा छौँ - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

सी जिङपिङलाई किम जोङले लेखे पत्र: दुःखमा हामी साथमा छौँ



काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ राष्ट्रपति सी जिङपिङलाई एक पत्र लेखेका छन् ।

चीनमा नोबेल कोरोना भाइरसको प्रकोप भयाभह बनिरहेको बेला यस रोगविरुद्ध लड्न आवश्यक सहयोग गर्ने प्रतिवद्धतासहित किमले राष्ट्रपति सीलाई पत्र लेखेको कोरियन सरकारी न्यूज एजेन्सीले जानकारी दिएको छ ।

किमले आफ्नो तर्फबाट प्रकोप नियन्त्रणमा सक्दो सहयोग गर्ने बताउँदै चिनियाँ कम्युनिस्ट पार्टी र मेडिकल टीमलाई पनि प्रकोप नियन्त्रणमा सफलता मिलोस् भन्ने शुभकामना दिएका छन् ।

यस्तै सीमा क्षेत्रमा प्रकोप नियन्त्रणमा पनि कडा कदम चालिएको उत्तर कोरियाले जनाएको छ ।

किमले कोरोना भइरसबाट ज्यान गुमाउने चिनियाँ नागरिक प्रति समवेदनमा प्रकट गर्दै शोकाकुल परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् ।

किमले चिनियाँ जनताको दुःखमा उत्तर कोरियाले सक्दो सहयोग गर्न तयार रहेको पनि बताएका छन् ।

चिनियाँ राष्ट्रपति सीको बुद्धिमत्तापूर्ण मार्गदर्शनले चीन यो महामारीको सामना गर्ने अभियानमा विजयी हुने विश्वास पनि उत्तर कोरियाले गरेको छ ।

समाचारअनुसार सत्तारुढ वर्कस पार्टी अफ कोरियाको केन्द्रीय कमिटीले समेत चिनियाँ कम्युनिस्ट पार्टीलाई एक ‘आपतकालीन फण्ड’ पठाएको छ ।

यसैबीच उत्तर कोरियाले प्रकोप नियन्त्रण र सम्भावित संक्रमणबाट बच्नका लागि चीनसँगको सीमानाका बन्द गरेको जनाइएको छ ।