कोरोनाविरुद्ध युद्ध जितेको वुहान शहर सामान्य बन्यो - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

कोरोनाविरुद्ध युद्ध जितेको वुहान शहर सामान्य बन्यो



काठमाण्डाै – चीनको वुहान शहर सामान्य जनजीवनमा फर्किन थालेको छ ।

गएको वर्षको डिसेम्बर महिनाकाे अन्तिममा कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण पहिलो पटक देखिएको वुहान शहरमा अहिले अवस्था नियन्त्रणमा आएको चीनले दाबी गरेको छ ।

योसँगै वुहानमा ७६ दिनदेखिको लकडाउन अन्त्य भएपछि शहर सामान्य जनजीवनमा फर्किन थालेको हो । वुहानले आफ्नो सीमा खुला गरेको छ ।

हुबेई प्रान्तको राजधानी वुहानका स्वस्थ बासिन्दा तथा बाहिरबाट त्यहाँ पुगेकाहरुलाई बुधबारदेखि हिँड्न दिइएको छ । बुधबारदेखि रेलवे तथा विमान सेवा चलेका छन् ।

यस्तै राजमार्गका प्रवेशद्वारहरु खुला गरिएका छन् । तर केही प्रतिबन्ध भने कायमै छन् । सङ्क्रमण फेरि फैलिन सक्ने जोखिम रहेको भन्दै सरकारी अधिकारीले सावधानी अपनाउन आग्रह गरेका छन् ।

काेराेनाकाे सङ्क्रमणबाट चीनमा अहिलेसम्म तीन हजार तीन सय ३३ जनाकाे ज्यान गएकाे छ ।

८१ हजार आठ सय दुई जना सङ्क्रमित भएकाेमा तीमध्ये ७७ हजार दुई सय ७९ उपचारपछि घर फर्किएका छन् ।