आवासी भवनमा आगलागी हुँदा ५ बालबालिकासहित १० जनाको मृत्यु - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

आवासी भवनमा आगलागी हुँदा ५ बालबालिकासहित १० जनाको मृत्यु



फ्रान्सेली शहर लियोन नजिकै रहेको भाउल्क्स–एन–भेलिनमा रहेको एक आवासीय भवनमा शुक्रबार बिहान आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ ।

भोल्क्स–एन–भेलिनस्थित सात तले आवासीय भवनमा आगलागी भएको हो । आगलागीपछि १७९ अग्नि नियन्त्रक घटनास्थलमा परिचालन गरिएका थिए ।

आगलागी भएको स्थानमा सुरक्षा घेराबन्दी गरिएको थियो । विद्युत सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।