विश्व कप खेल्ने सपना पुरा हुन्छ: पारस खड्का - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

विश्व कप खेल्ने सपना पुरा हुन्छ: पारस खड्का



काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले फेरी विश्वकप खेल्ने सपना रहेको बताएका छन् ।

विश्व टी–२० एशिया छनोट समूह ‘बी’को विजेता भएर स्वदेश फर्कने क्रममा शनिबार त्रिभुवन विमानस्थलमा संक्षिप्त प्रतिक्रिाय दिँदै उनले भने, “फेरी विश्वकप खेल्ने सपना छ, पहिलो चरण पार गरेका छाैं, अब दुई चरण बाँकी छ, त्यसमा उत्कृष्ट प्रदर्शन गर्दै फेरि विश्वकपमा छनोट हुने छौँ।”

अर्को चरणको खेल अहिलेको जस्तो सजिलो नुहेन बताउँदै कप्तान खड्काले त्यसका लागि अहिलेदेखिनै तयारी अघि बढाउनुपर्ने बताए । “अब बलिङ, फिल्डिङ र ब्याटिङमा विशेषज्ञ प्रशिक्षक ल्याएर तयारी अघि बढाउन सकेनौ भने अगाडिको छनोट प्रतियोगिता निकै कठिन हुनेछ”– खड्काको भनाइ थियो ।

एसिया छनोटमा छ टोलीले खेल्नेछन् । यस छनोटमा युएई, कुवेत र कतारले यसअघि नै स्थान बनाइसकेको छ । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।