नेपाल पाँचौं समुहमा : विश्कप छनोट ड्र आज - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेपाल पाँचौं समुहमा : विश्कप छनोट ड्र आज



काठमाडौं– सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटका लागि समूह चरणको ड्र बुधबार हुँदैछ । नेपालसँगै एसियाका ४० राष्ट्र्रलाई ८ समूहमा विभाजन गरेर छनोट तय गरिनेछ ।

दोस्रो चरणका छनोटका खेलहरु डबल राउन्ड रोबिन पद्दतिमा घरेलु र अवे टोलीको मैदानमा खेलिनेछ । दोस्रो चरणका खेलहरु सेप्टेम्बर ५, २०१९ देखि जुन ९, २०२० सम्म हुनेछ । नेपालले एसियाको शीर्ष ३४ स्थानभित्र परेपछि सिधै दोस्रो चरणका लागि छनोट भएको थियो । नेपाल छनोटको पट ५ मा रहेको छ ।

समूह चरणबाट कुल १२ टोली विश्वकप छनोटको अन्तिम चरणका लागि छनोट हुनेछन् । ८ समूहका समुह विजेता र ४ उत्कृष्ट उपविजेताले सन् २०२३ मा हुने एसियन कपमा पनि स्थान पक्का गर्नेछन् । अन्तिम छनोटका ४ उत्कृष्ट टोलीले विश्वकपमा स्थान बनाउनेछन् भने पाँचौ टोलीले अन्तर महादेशीय प्लेअफमा प्रतिस्पर्धा गर्नुपर्ने छ ।

गत संस्करणमा नेपाल विश्वकप छनोटको प्रारम्भिक चरणबाट नै बाहिरिएको थियो । प्लेअफमा भारतको सामना गरेको नेपाल पहिलो लेग २-० ले गुवाहाटीमा पराजित भएपछि दोस्रो लेगमा गोलरहित बराबरीमा रोकेको थियो । नेपाल यसपटक भने सिधै दोस्रो चरणमा पुगेको हो । सबै समूहमा प्रत्यक पटका १-१ टोली गर्दै कुल ५ टोली रहनेछन् ।

पट १ : इरान, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, चीन
पट २ : इराक, उज्बेकिस्तान, सिरिया, ओमान, लेबनान, किर्गिस्तान, भिएतनाम, जोर्डन
पट ३ : प्यालेस्टाइन, भारत, बहराइन, थाईल्यान्ड, ताजिकिस्तान, उत्तर कोरिया, चाइनिज ताइपेइ, फिलिपिन्स
पट ४ : तुर्कमेनिस्तान, म्यानमार, हङकङ, यमन, अफगानिस्तान, माल्दिभ्स, कुवेत, मलेसिया
पट ५ : इन्डोनेसिया, सिंगापुर, नेपाल, कम्बोडिया, बंगलादेश, मंगोलिया, गुआम, श्रीलंका

प्रत्यक पट का १-१ टोली नेपालको समूहमा पर्नेछन् । पट ५ बाट भने कुनै टोली नेपालसँग रहने छैनन् । हाम्रो खेलकुदको विश्लेषण अनुसार नेपालका लागि सबैभन्दा गाह्रो र सबैभन्दा सहज समिकरण यस्तो हुन सक्छ ।

सहज समूह : साउदी अरेबिया, सिरिया, भारत, माल्दिभ्स, नेपाल
कठिन समूह : दक्षिण कोरिया, इराक, उत्तर कोरिया, अफगानिस्तान, नेपाल

यो सामाग्री हाम्रो खेलकुदले तयार पारेको हो