विश्वकपको अन्तिम १६ : दुई राष्ट्रमध्ये एक राष्ट्रको यात्रा समाप्त हुनेछ आज - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

विश्वकपको अन्तिम १६ : दुई राष्ट्रमध्ये एक राष्ट्रको यात्रा समाप्त हुनेछ आज



काठमाडौं । विश्वकपको नकआउट चरणमा आज पनि दुई महत्वपूर्ण खेलहरु हुँदैछन् । आज राति हुने पहिलो खेलमा स्पेनविरुद्ध आयोजक रसिया मैदानमा उत्रनेछ । लुज्निकी रंगशालमा बेलुकी पौने ८ बजे सुरु हुने खेलमा दुई राष्ट्रमध्ये एक राष्ट्र क्वार्टरफाइनलमा प्रवेश गर्नेछ भने एक राष्ट्रको यात्रा समाप्त हुनेछ ।

स्पेन समूह ‘बी’को विजेता राष्ट्र हो । रसिया भने समूह ‘ए’बाट उपविजेता बन्दै अन्तिम १६ मा पुगेको टिम हो ।

त्यस्तै आज हुने दोस्रो खेलमा क्रोएशिया र डेनमार्क प्रतिस्पर्धा गर्दैछन् । उक्त खेल पौने १२ बजे निज्नी नोभा नोभ्गोरोड रंगशालमा हुनेछ । क्रोएशिया समूह ‘डी’को विजेता हो भने डेनमार्क समूह सीको उपविजेता हो । खेलमा बार्सिलोनाका एक खेलाडी इभान राकेटिच क्रोएशियाको जर्सीमा उत्रनेछन् ।