रुसद्वारा युक्रेनमा ७६ मिसाइल आक्रमण, तीनजनाको मृत्यु - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

रुसद्वारा युक्रेनमा ७६ मिसाइल आक्रमण, तीनजनाको मृत्यु



रुसले युक्रेनका विभिन्न शहरमा ७६ वटा मिसाइल आक्रमण गरेको छ। शुक्रबारको आक्रमणमा आफ्ना नौवटा ऊर्जा केन्द्रमा क्षति पुगेको युक्रेनले बताएको छ।

युक्रेनी सेना प्रमुखले रुस प्रहार गरेको ७६ वटा मिसाइलमध्ये अधिकांश क्रुज मिसाइल रहेको बताएका छन्। युक्रेनले यीमध्ये ६० वटालाई रोकेको दाबी गरेको छ।

आक्रमणका कारण ऊर्जामा मुख्य सरकारी एजेन्सीले ५० प्रतिशत बिजुली ग्रिड प्रभावित भएको बताएको छ। युक्रेनका रक्षा मन्त्रीका सल्लाहकार युरी साकले राजधानी किभका धेरै भागमा आपतकालीन बिजुली कटौती गरिएको भने खार्किभ र अन्य धेरै क्षेत्रमा आपूर्ति पूर्ण रूपमा बन्द भएको छ।

यी आक्रमणमा मध्य युक्रेन र दक्षिणमा खेरसोनमा तीन नागरिकको मृत्यु भएको युक्रेनले पुष्टि गरेको छ। एजेन्सी