वडाबासीलाई पायक पर्ने ठाउँमा वडा कार्यालय सार्छु : वडाध्यक्ष रोकाया
ललित जाग्री / देवकलिया ।
कैलालीको घोडाघोडी नगरपालिका -५ का वडाध्यक्ष प्रेम बहादुर रोकायाले वडा नंं ५ को वडा कार्यालय वडा बासिन्दाहरुलाई पाएक पर्ने गरि वडाको मध्य क्षेत्रमा सार्नेे बताएका छन् ।
स्थानीय तहमा अधिकार सहितको सरकार आएको १ बर्ष बिति सक्दा पनि घोडाघोडी नगरपालिका ५ ले वडा कार्यालय आफ्नो वडामा सार्न सकिरहेको छैन् । यसै बिषयमा विशेष समयमा बोल्दै वडाध्यक्ष रोकायाले वडा कार्यालय सार्ने काम ढिलो भईसकेको र जनता संग बिभिन्न समयमा वडा कार्यालयको बारेमा सहमतिको अभ्यास भइरहेकोले अब छिट्टै नै पुन: जनता संग छलफल गरी सहमति अनुसार वडा कार्यालय सार्ने बताउनुभएको छ ।
घोडाघोडी नगरपालिकाले वडा नं ५ को लागि रु १ करोड १५ लाख रकम समेत छुट्याईएको छ। आफुमा हस्तक्षेप भावना नभएकोले पटक पटक अभ्यास गरिरहेको हुनाले जनताहरुले नै निर्णय गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।
अहिले घोडाघोडी नगरपालिका वडा नंं ५ ले वडा नं ३ निम्दीबाट सेवा दिई रहेको छ । जुन वडा न. ५ का जनताको लागि सेवा लिन निकै नै कठिन भइरहेको छ। वडा कार्यालयको बारेमा ३ पटक छलफल भइईसक्दा पनि सहमति भने हुन सकेको छैन् ।