वडा सदस्य परियारको घरमा आगलागी , करिब साढे दुई लाख बराबरको क्षति - Himal Post Himal Post
  • १५ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 27 2025
Logo

वडा सदस्य परियारको घरमा आगलागी , करिब साढे दुई लाख बराबरको क्षति



सुखड ,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका – १२ की वडा सदस्य ओमकला परियारको घरमा आज दिउँसो आगलागी हुुुँदा करिब साढे दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीबाट नागरिकता, परिचयपत्र लगायत कागजात र लत्ताकपडा , गरगहना जलेको जनाइएको छ । आगलागी कसरी भयो भन्नेवारे खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।