वडा अध्यक्ष विष्टको पहलमा रिफ्रेसिङ्ग सेन्टरको स्थापना
जिवन विष्ट / सुखड,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष हरीराज विष्टको पहलमा वडा नम्वर २ साडेपानिमा रिफ्रेसिङ्ग सेन्टरको स्थापना गरिएको छ ।
सवारी दुर्घटना न्युनिकरण तथा सडक सभ्यता अभिवृद्धिका लागी स्थापना गरिएको रिफ्रेसिङ्ग सेन्टरकोे आज एक कार्यक्रमका विच प्रदेश नम्वर ७ का प्रहरी प्रमुख शरद चन्दले सेन्टरको शिलन्यास गनु भयो ।
रिफ्रेसिङ्ग सेन्टरको स्थापना पछी कार्यक्रममा वोल्दै प्रहरी प्रमुख चन्दले सवारी दुर्घटना कम गर्ने लक्ष्य प्राप्ती अनुरुप घोडाघोडी नगरपालिका वडा नम्वर २ मा रिफ्रेसिङ्ग सेन्टरको स्थापना गरीएको बताउनु भयो । लामो यात्रामा निरन्तर रुपमा सवारी चलाउनु पनि दुर्घटनाको मुख्य कारण रहेको जानकारी दिदै उहाले अव साडेपानि स्थित रिफ्रेसिङ्ग सेन्टरमा २० देखी ३० मिनेट सम्म आराम गराइने हुदा दुर्घटनाको जोखीम कम हुने विश्वास व्यक्त गर्नु भयो ।
सात नम्वर प्रदेशमा रिफ्रेसिङ्ग सेन्टरको स्थापनाका लागी स्थान खोजीरहेको अवस्थामा घोडाघोडी नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष हरिराज विष्टको विशेष पहलमा घोडाघोडी नगरपालिका वडा नम्वर २ स्थीत रिफ्रेसिङ्ग सेन्टर स्थापना गर्न आफुहरु सफल भएको उहाले बताउनु भयो । सवारी दुर्घटना न्युनिकरण तथा सडक सभ्यता अभिवृद्धिका साडेपानि स्थीत रिफ्रेसिङ्ग सेन्टरले विशेष भुमिका खेल्ने उहाले बताउनु भयो ।
ट्राफिक नियमको पालना गर्न गराउन तथा सवारी साधना चलाउदा ध्यान दिनुपर्ने कुराहरुको वारेमा समेत जानकारी गराउन रिफ्रेसिङ्ग सेन्टरको स्थापना भएको बताउदै उहाले घोडाघोडी नगरवासीलेहरुलाई सुरक्षाको प्रत्याभुती गराउन ट्राफिक प्रहरी सँगै आज वाटै केही संख्यामा जनपद प्रहरी पनी खटिएको जानकारी गराउनु भयो ।
शान्ती सुरक्षा अमन चयन कायम गराउन घोडाघोडी नगरवासीको साथको पनि अपेक्षा रहको प्रदेश नम्वर ७ का प्रहरी प्रमुख शरद चन्दले बताउनु भयो ।
घोडाघोडी नगरपालिका वडा नम्वर २ मा रिफ्रेसिङ्ग सेन्टरको स्थापना हुनु नगरवासीको लागी गर्वको कुरा भएको दशरथ मावी साडेपानिका प्रधानाध्यापक तथा स्थानिय गणेश बमले बताउनु भयो ।साथै उहाले साडेपानि स्थीत रिफ्रेसिङ्ग सेन्टरले दुर्घटना मात्रै न्युनिकरण सँग यस क्षेत्रका अपराधिक गतीविधी नियन्त्रणको लागी पनि महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा राख्नु भयो ।
आफ्नो वडामा जनपद प्रहरी चौकी सँगै रिफ्रेसिङ्ग सेन्टरको स्थापना गर्न पाउदा जनताको लागी केही गरे जस्तो महसुस भएको उहाले बताउनु भयो ।साडेपानि स्थीत रिफ्रेसिङ्ग सेन्टर निकट भविष्यमै प्रदेश नम्वर सातको ठुलो रिफ्रेसिङ्ग सेन्टर वन्ने अपेक्षा गर्न भयो ।