वाइडबडी खरिद गर्ने मन्त्रीको काम होईनः पूर्वमन्त्री शाही - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

वाइडबडी खरिद गर्ने मन्त्रीको काम होईनः पूर्वमन्त्री शाही



काठमाडौं। नेपाली काँग्रेसका नेता एवम् पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीले वाइडबडी खरिदको छानबिन प्रतिवेदन अपरिपक्व रहेको बताउनु भएको छ ।

सर्वोच्च अदालतले विमान खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनसम्मत फैसला गरेको बताउँदै उहाँले उपसमितिले प्रतिवेदन पेस गर्न हतार गरेको उल्लेख गर्नुभयो ।

शाहीले आफ्नो मन्त्री कार्यकाल ४ महिना मात्रै रहेकाले दोष लगाउनुको कुनै कारण नभएको बताउनुभयो । विमान खरिदमा मन्त्री भन्दापनि सम्बन्धित विज्ञ टोलीको बढी जिम्मेवारी हुने उहाँको दाबी रहेको छ । उहाँमाथि सार्वजनिक खरिद कानुन विपरीत विमान खरिद प्रक्रिया अघि बढाइएको, पर्यटन सचिवलाई निर्देशन दिन नसकेको र बैना रकम सटहीमा एथेष्ठ सतर्कता नअपनाएको उपसमितिको आरोप छ ।

पूर्वमन्त्री शाहीले भने छोटो कार्यकालमा यति ठुलो नैतिक जिम्मेवारी उठाउन नसकिने बताउँदै आउनुभएको छ । यता, समितिले भने शाहीलाई कानुनसम्मत कारबाहीका लागि सिफारिस गरेको छ । शाहीले उपसमितिको प्रतिवेदनमा विश्वास गर्न नसकिने भन्दै विमान खरिद प्राविधिक टोली र खरिद सम्झौता भएको कम्पनीसँग मिलाउनुपर्ने बताउनु भएको छ ।जनता समाचारबाट