वाइडबडी प्रकरणमा मुछिएकाहरुलाई उन्मुक्ति नदीइयोस् :नयाँ शक्ति नेपाल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

वाइडबडी प्रकरणमा मुछिएकाहरुलाई उन्मुक्ति नदीइयोस् :नयाँ शक्ति नेपाल



काठमाडौं– नयाँ शक्ति नेपालले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड बडी प्रकरणमा मुछिएकाहरुलाई उन्मुक्ति नदिन सचेत गराएको छ । सो पार्टीले बिहीबार विज्ञप्ति जारी गर्दै यो घोटालालाई अनेक बहानाबाजीमा राजनीतिक ढाकछोपको प्रयत्न भइरहेको जानकारीमा आएको जनाएको छ ।

उसले कुनै पनि बहानामा छानबिन उपसमितिको सिफारिस र ठहरलाई उल्ट्याउने दुष्प्रयास नगरी वाइडबडी विमान खरिद मिलेमतो र अनियमितताको अझै गहिरो छानबिन गर्दै सम्पूर्ण दोषीहरुमाथि शिघ्र र कडा कार्वाही गर्न माग गरेको छ ।

‘दोषीहरुलाई बचाउने दुस्प्रयास कतैबाट भएमा पुन संघर्षमा उत्रन बाध्य नयाँ शक्तिको चेतावनी छ । सो पाटीले बद्नियतपूर्ण, अनियमित र मिलेमतोपूर्ण तवरले वाइडबडी विमानहरु खरिद गरी राष्ट्रलाई आर्थिक रुपले गम्भिर घाटा पुर्याउने कार्यको पहिलेदेखि नै विरोध गर्दै आएको जनाएको छ ।