वाइड बडी प्रकरणमा मन्त्री रबिन्द्र अधिकारीले किन राजीनामा नदिने ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

वाइड बडी प्रकरणमा मन्त्री रबिन्द्र अधिकारीले किन राजीनामा नदिने ?



कर्ण अधिकारी।

आजकल अनलाइन पोर्टल होस वा स्वसियल मिडिया नै किन नहोस् जता जतै वाइड बडी जहाजका विषयमा चर्चा परी चर्चा भई रहेको छ।कोही ६ अर्ब खायो भन्छन् कोही ४ अरब ३१ करोड खैर जे भए पनि वाइड बडी जहाजमा भ्रष्ट्रचार चाहिँ पक्कै भएकै हो।लेखाको उपसमितिले यस विषयमा ओकली सकेका छन्।वाइड बडीले यस्तो तहल्का मच्चाई रहँदा केपी ओली सरकार भने कानमा तेल हालेर सुनेको नसुने झैँ गरी रहेको छ।बुढा पाकाले भन्थे सुतेकालाई उठाउन सजिलो छ तर सुतेको अभिनय गरेकालाई उठाउनै सकिँदैन भनेर । आज देशमा कम्युनिस्टको दुई तिहाइको सरकार छ।यो सरकारले हत्या अभियोग लागेका रेसम चौधरीलाई हिजो मात्रै सांसदको शपथ खुवाएको छ।यही हो देशको कानुन ? खै कहाँ छ न्यायालय ? अब यसरी हत्या अभियोग लागेकाहरूलाई पुरस्कृत गर्दै जाने हो भने हत्या गर्दै हिँडे भई गो नि ।

नेपाल सरकारको संस्कृति तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले वाइड बडी जहाज खरिदमा भ्रष्ट्राचार गरे भन्ने कुरा महालेखाको उपसमितिले तथ्य सहित बाहिर ल्याए पश्चात् नैतिकताको आधारमा राजीनामा दिएर छानबिनलाई सहज बनाउनु पर्ने की नपर्ने ? प्रधानमन्त्री ओलीले यस विषयमा गम्भीरता पूर्वक हेरेर कार्बाही गर्ने हो की लेखाको प्रतिवेदन स्वीकार्य हुने छैन भन्ने ? रबिन्द्र अधिकारी मात्रै होइन यो सरकार पूर्ण रूपमा दोषी छ।केपी सरकारले वाइड बडी प्रकरणमा पूर्व मन्त्रीहरूलाई पनि छानबिनको दायरामा ल्याएर सत्य तथ्य बाहिर ल्याउने पर्ने होइन र ? २/४ हजार घुस लिएका खरदार सुब्बाहरूलाई अख्तियारमा उभ्याउने तर अर्बौँ खानेलाई चाहिँ कार्बाही गर्न नसक्ने अख्तियार किन मौन ?सरकारले वायु सेवा निगमका माथिल्लो तहका कर्मचारीलाई कानुनी दायरामा ल्याउने की नल्याउने ?

कैलाली हत्या काण्डका मुख्य अभियुक्त भनिएका रेसम चौधरीलाई हिजो खुवाएको संसद्को सफतले यो मन नै अमिलो भएको छ ।निर्दोष प्रहरीलाई भाला र लट्ठीले हानेर मार्नेहरूलाई आज यत्रो पुरस्कार ? काँहा हरायो न्याय ? जनताले सरकारसङ विश्वास गर्ने ठाउँ खोइ ? निरीह नेपाल सरकार राजपाका नेता राजेन्द्र महत्तोको धम्काईमा लुरूक्क परेर हत्याराको अभियोगमा जेल सजाय काटी रहेका चौधरीलाई जेलबाटै ल्याएर शपथ खुवाउँदा अलिकति सरम त लाग्नु पर्ने हो नि ! ठिकै छ देशमा २ तिहाइको कम्युनिस्ट सरकार छ जे मन लागे त्यही गरे हुन्छ।अनि प्रतिपक्ष काँग्रेसको पारा देख्दा पनि उदेक लागेर आउँछ।

रबिन्द्र अधिकारीलाई वाइड बडी विमान खरिदका बारेमा यिनी मन्त्री भए पश्चात् पूर्ण जानकारी छ।मन्त्रालय सम्हालेका मन्त्रीलाई आफ्नो सचिवले के गर्‍यो यो भन्दा अगाडीका मन्त्रीले के गरे भन्ने कुराको जानकारी हुनु पर्छ की पर्दैन ? चुनाव ताका गाई दोहन गरेर चर्चित बनेकी यिनी वाइड बडीमा भ्रष्ट्राचार भयो भन्दा किन मौन ? सुगत रत्न कंशाकार जस्तो भ्रष्ट व्यक्तिलाई बारम्बार वायु सेवा निगम जिम्मा दिनु दुर्भाग्य हो ।मेरो व्यक्तिगत बिचार र धारणा रबिन्द्र अधिकारीले राजीनामा दिएर यस प्रकरणलाई सहज बनाई दिनु पर्छ।साथै २ तिहाइ ओली सरकारले यस्ता विषयमा फेरी पनि काँध हाल्छ भने बुझ्नुस् नेपालमा गणतन्त्रको आयु छोटिदै छ।कहिले धर्मका विषयमा,कहिले बलात्कार र हत्याको त कहिले भ्रष्ट्रचारमा मुछिई रह्यो भने परिणाम अवश्य पनि नकारात्मक निस्कने छ।